PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल लोक स्टारको भोटिङमा आइएमइ पे



पहिलोपोस्ट

नेपाल लोक स्टारको भोटिङमा आइएमइ पे

काठमाडौं : गायन रियालिटी सो ‘नेपाल लोक स्टार’ आयोजकले भोटिङ र प्रचार प्रसारका लागि दुई फरक कम्पनीसँग सहकार्य गर्ने भएको छ। एपमार्फत् गर्ने भोटिङका लागि आइएमइ पे र प्रचार प्रसारका साथै बजार व्यवस्थापनका लागि एड एजेन्सी एड प्याडसँग सहमति गरेको हो।

मङ्गबार कार्यक्रम आयोजना गरी आयोजक चाहना मिडियाले सहमतिपत्रमा हस्ताक्षर गर्‍यो। नेपाल लोक स्टारका निर्देशक सुरज गिरी, एड प्याडका अध्यक्ष सुदिप थापा र आइएमइका सुमन पोख्रेलले उपस्थित थिए।

आइएमइ सिइओ सुमन पोख्रेलले कार्यक्रममा भने, ‘हाम्रा विदेशमा रहनुभएका ग्राहकहरुसँग जोडिने माध्यमका रुपमा लिएका छौं यस कार्यक्रमलाई। त्यसैले सहकार्य गरेका हौं। कार्यक्रमको गुणस्तर र आयोजकको प्रतिवद्धताले झनै आकर्षित गर्‍यो।’

दुवै कम्पनीसँग चाहना मिडियाले दुई वर्ष सहकार्य गर्ने सहमति भएको छ।

दश करोड लागतमा निर्माण भएको लोक स्टारका लागि २५ जना उत्कृष्ट लोक गायक गायिका छानिएका छन्। फागुन १६ गतेबाट सातैवटा प्रदेशमा अडिसन सुरु भएको थियो। चैत २५ गतेसम्म भएको अडिसनबाट प्रत्येक प्रदेशका पचास जना प्रतिस्पर्धी छानिएका थिए।

मेगा अडिसनबाट २५ जना छानिए। अब उनीहरुको पहिलो नेपाल लोक स्टार बन्नका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको शीर्ष विजेताले ५० लाख प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुनेले २५ लाख र तेस्रो विजेताले १० लाख पुरस्काक राशी पाउने छन्।

प्रतियोगिताको निर्णायकका रुपमा लोक गीतकार, संगीतकार र गायकहरु जयनन्द लामा, बिबि अनुरागी, रामजी खाँड र सुनिता दुलाल रहेका छन्। कार्यक्रमक ३६ श्रृङ्खला एपिवान टिभीमार्फत् प्रसारण हुनेछ। अडिसन राउन्डदेखिको कार्यक्रम प्रस्तुत हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell