PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

राष्ट्रिय सभामा आइसकेको गुठी विधेयकमाथि कांग्रेसले प्रतिनिधिसभामा अराजकता मच्चायो : दीनानाथ शर्मा



राष्ट्रिय सभामा आइसकेको गुठी विधेयकमाथि कांग्रेसले प्रतिनिधिसभामा अराजकता मच्चायो : दीनानाथ शर्मा

काठमाडौं: राष्ट्रियसभामा दर्ता भएको गुठी सम्बन्धी विधेयकको विषयमा प्रतिनिधिसभामा विरोध र छलफल भएको भन्दै सत्तारुढ दल ने क पाका राष्ट्रियसभा सदस्य दीनानाथ शर्माले बताएका छन्।

ने क पाको राष्ट्रियसभाका संसदीय दलका नेतासमेत रहेका शर्माले आज राष्ट्रियसभाको बैठकमा यस्तो बताएका हुन्।

संसदीय मूल्य र मान्यता विपरित गुठी सम्बन्धी विधेयकको विषयलाई लिएर प्रतिनिधिसभा अवरोधसम्म भएको भन्दै आपत्ति जनाए।

'हाम्रो क्षेत्राधिकारलाई हस्तक्षेप गरेर जुन कुरा प्रतिनिधिसभामा उठाइयो। उठ्यो। यो लोकतान्त्रिक विधि हाम्रो मूल्य र मान्यताको विपरित छ,' उनले अगाडि भने, 'लोकतन्त्र हो आवाजहरु बुलन्द गर्न पाइन्छ। कुरा उठाउन पाइन्छ। जनताकोबीचमा जान पनि पाइन्छ। त्यसमा रोक्नुपर्छ। हस्तक्षेप गर्नुपर्छ भन्ने होइन। तर हाम्रा आ-आफ्ना विधिहरु छन् प्रक्रियाबारे छन्। हामी आफ्नो प्रक्रियाबाट अगाडि जाँदै थियौँ। यदी गुठी विधेयकमा कहिँ सम्बन्धित स्टेक होल्डरहरुसँग हामीले यहाँ छलफल गर्न नपाउँदै तल्लो सदनमा कुरा उठाउने त्यसैको आधारमा हाउस रोक्ने, त्यसैको आधारमा सडकमा जाने। त्यसैको आधारमा अराजकता मच्चाउने यो शोभनीय विषय होइन।'

उनले यसरी लोकतन्त्रका लागि लडेका दलहरु लड्दा बाहिर रहेका लोकतन्त्र नचाहने परिवर्तन नचाहनेहरुले फाइदा लिने सक्ने बताएका छन्।

उनले संस्कृतिलाई समाप्त गर्ने नभइ समृद्धि बनाउने बताए। गुठी विधेयकमा समस्या नभएको बताए। उनले केही कमजोरी भए छलफल गरेर अगाडि बढ्ने बताए।

राष्ट्रियसभामा दफावार छलफल भइरहेको र यहाँदेखि गइसकेपछि प्रतिनिधिसभामा पनि दफावारर छलफल हुने समय रहँदा रहँदै प्रतिनिधि सभामा गुठी विधेयकको कुरा उठेको भन्दै उनले प्रतिपक्षी दलको नियतमाथि प्रश्न उठाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell