PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वकै सुन्दर महिलाको पहिलो नम्बरमा दीपिका 



विश्वकै सुन्दर महिलाको पहिलो नम्बरमा दीपिका 

बलिउड अभिनेत्री दीपिका पादुकोण विश्वको सबैभन्दा सुन्दर महिलाको सूचीको पहिलो नम्बरमा परेकी छिन्। अब्जर्भर डनले निकालेको सूचीमा उनलाई पहिलो नम्बरमा राखिएको छ। सुन्दरताको परिभाषा दिँदै अब्जर्भर डन म्यागेजिनले लेखेको छ, ‘विश्वका सुन्दर महिलाले आफ्नो काम र अन्य गुणको माध्यमबाट एउटा जादुमय इतिहास रचेका छन्। व्यक्तिलाई शारीरिक रूपले भन्दा पनि उसको विचारले सुन्दर बनाउँछ। सुन्दरता आत्मा देखि नै आउने कुरा हो।  सुन्दरता व्यतित्वमा झल्किन्छ।’ 

अब्जर्भर डनले दीपिका शारीरिक बनावटले भन्दा पनि काम र विचारले सुन्दर भएको उल्लेख गरेको छ। 

दीपिकासँगै सुन्दर महिलाको सूचिमा स्कारलेट जानसन, एन्जेलिना जोली लगायत छन्। दीपिका बलिउड अभिनेत्री दीपिका २०१७ मा रिलिज भएको हलिउड फिल्म ‘एक्सएक्सएक्स रिटर्न अफ जेन्डर केज’ मा देखिएकी थिइन्। 

फिल्म ‘छपाक’ को सुटिङमा व्यस्त छिन्। जसमा उनले लक्ष्मी अग्रवालको भूमिका निभाएकी छिन्। मेघना गुलजार निर्देशित ‘छपाक’ २०२० जनवरी १० मा रिलिज हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell