PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

संसद अवरुद्ध गरेकोमा माधव नेपालको आपत्ति, 'कांग्रेसको अभ्यास गलत'



संसद अवरुद्ध गरेकोमा माधव नेपालको आपत्ति, 'कांग्रेसको अभ्यास गलत'

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले नेपाली काँग्रेसले संसद अवरुद्ध गरेर गलत अभ्यास गरेको आरोप लगाएका छन्।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरुद्ध गरेपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। 

संसद अवरुद्ध भएपछि संचारकर्मीसँगको कुराकानीमा नेता नेपालले गलत अभ्यास भएको भन्दै आपत्ति जनाएका हुन्।

प्रधानमन्त्रीको सम्बोधन भन्दा अगाडि आफूहरुले बोल्न पाउनुपर्ने माग राखेर संसद अवरुद्ध गरेको थियो। नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले भने सभामुखले प्रधानमन्त्री आगाडि प्रमुख प्रतिपक्ष दललाई बोल्न नदिएकाले अवरुद्ध गर्नु परेको दाबी गरे।

प्रधानमन्त्री, पूर्वसभामुख र प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा बोल्न चाहेको समयमा बोल्न पाउने अभ्यास रहँदै आएको थियो। प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभामा सम्बोधन गर्ने तालिका रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell