PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

रुफटप रेस्टुरेन्टमा बसेर पारसले गरे नेवाः आन्दोलनको दृश्यावलोकन



रुफटप रेस्टुरेन्टमा बसेर पारसले गरे नेवाः आन्दोलनको दृश्यावलोकन

काठमाडौं: गुठी विधेयकविरुद्ध काठमाडौंका नेवार समुदाय आन्दोलित भएको दृश्य पूर्व युवराज पारस शाहले वसन्तपुरस्थित रुफटप रेस्टुरेन्टबाट अवलोकन गरेका छन्।

सोमबार पनि गुठीसम्बन्धी विधेयकको विरोधमा ठाउँ ठाउँमा नेवार समुदायको कोण सभा भयो  साँझ बाङ्गेमुढा चोक र वसन्तपुरस्थित शिवपार्वती मन्दिर मुनिको डबलीमा सोमबार साँझ एकै समय छुट्टाछुट्टै सभा भएका थिए।

वसन्तपुरमा कोणसभा भइरहेको दृश्य अलि पर रहेको एउटा अग्लो घरको रुफटप रेस्टुरेन्टबाट पूर्व युवराज पारस शाह र उनका सहयोगीहरुले अवलोकन गरेका थिए।

यता सभामा वक्ताले हामीले जुजु (राजा) फ्याँकिसक्यौँ, नयाँ जुजुहरुले हामीलाई फेरि उस्तै पारामा बलमिच्याइँ गरिरहे भनेर आरोप लगाइरहेको बेला 'ओल्ड दरबार' (ह्विस्की) को नियोन साइन नजिकै मुस्कुराउँदै गरेका पारस देखिएका थिए। उनीसँगै उनका सहयोगीहरु पनि थिए।

गुठी विधेयकले आफ्नो परम्परा नै मास्न लागेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग गर्दै विरोधमा रैथाने नेवार समुदायले असार ४ गते काठमाडौँमा बृहत् प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। त्यसैको प्रचारका क्रममा आज कोणसभाको आयोजना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell