PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

त्रिविमा ताला लगाएर रिले अनशन बसेका वैद्य माओवादी निकट विद्यार्थीका अध्यक्षसहित १६ जना पक्राउ



त्रिविमा ताला लगाएर रिले अनशन बसेका वैद्य माओवादी निकट विद्यार्थीका अध्यक्षसहित १६ जना पक्राउ
त्रिवि सेवा आयोगको प्रवेशद्वारमा अनशनरत विद्यार्थी नेताहरु।

काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसहितका नेताहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

त्रिवि सेवा आयोगमा भएको अनियमितताको विरोधमा रिले अनसनमा बसिरहेका संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल सहितका १६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। 

सोमबार कीर्तिपुरस्थित त्रिवि सेवा आयोगको गेटमा क्रान्तिकारीले तालाबन्दी गर्दै आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो। 

तालाबन्दी पछि गेटमै रिले अनसन बसिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

'हामीलाई प्रहरीले कुटपिट गर्दै पक्राउ गर्‍यो। हामी १६ जना छौँ। केही साथीहरु घाइते पनि हुनु भएको छौँ,' गजुरेलले पहिलोपोस्टसँग भने।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सुर्य कार्कीलगायत रहेका छन्।

प्रहरीले पक्राउ गरेर उनीहरुलाई कालिमाटी प्रहरी वृतमा राखेको छ। उनीहरुले प्रहरी कार्यालयमै अनसन सुरु गरेको घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell