PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साउदी सरकारद्वारा १८ वर्षीय मुर्ताजाको मृत्युदण्ड सजाय रद्द



साउदी सरकारद्वारा  १८ वर्षीय मुर्ताजाको मृत्युदण्ड सजाय रद्द
फोटो : METRO UK

साउदी सरकारले १८ वर्षीय मुर्ताजा कुरेरिसलाई दिइएको मृत्युदण्ड सजायलाई रद्द गर्दै जेल सजायमा मात्रै सीमित गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ।

मुर्ताजालाई मृत्युदण्ड दिएपछि साउदीको अन्तर्राष्ट्रिय रुपमा चर्को विरोध भएको थियो। त्यसैले साउदी सरकारले मुर्ताजाको मृत्युदण्डलाई रद्द गर्दै १२ वर्ष जेल सजाय सुनाएको बताइएको छ।

१० वर्षको हुँदा मुर्ताजा आफ्नो दाइ अली कुरेरिससँग मोटरसाइकल चढेर साउदीको अवामिया शहर पुगेका थिए। उनको दाइले त्यहाँको एक प्रहरी स्टेशनमा 'मोलोटोभ ककटेल' फालेका थिए।

मुर्ताजा विरुद्ध उनको दाइ सँग 'ककटेल' फाल्नुमा संलग्न रहेको आरोप लगाइएको थियो।

साउदी सरकारले उनीविरुद्ध उनका दाजुको दाह संस्कारमा सहभागी भएको आरोपमा मुद्दा समेत दायर गरिएको थियो।

मुर्ताजाले आफू विरुद्ध लगाइएको सबै आरोपहरुको खण्डन गरेका छन्।

१० वर्षको उमेरमा पक्राउ परेका मुर्ताजा साउदीकै सबैभन्दा कान्छा कैदी रहेको बताइएको छ।

मुर्ताजा साउदीको पूर्वी क्षेत्रमा बसोवास गर्दै आएका अलपसंख्यक सिया परिवारका सदस्य हुन्। गत अप्रिलमा साउदीले ३७ जना पुरुषलाई मृत्युदण्ड दिएको थियो। त्यसमध्ये धेरैजना सिया समुदायका थिए। मृत्युदण्ड पाउनेमा तीन नाबालक समेत रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell