PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मिस नेवाको उपाधि नीतु डंगोललाई



 मिस नेवाको उपाधि नीतु डंगोललाई

काठमाडौंः ‘एनटिसी मिस नेवाः ११३९’ को उपाधि नितु डंगोलले जितेकी छिन्। १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेवाः को उपाधि हात पारेकी हुन्। उपाधिसँगै उनले २५ हजार नगद प्राप्त गरिन्। 

मिस नेवाः ११३८ विजेता रिजु मानन्धरले ताज पहिराएकी थिइन्। नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगितामा सञ्जिता महर्जनले फस्ट रनर अपको उपाधि सहित १२ हजार नगद प्राप्त गरिन्। त्यस्तै सेकेन्ड रनर अप स्केना कोजु भइन्। उनले १० हजार नगद प्राप्त गरिन्। 

त्यस्तै युनिशा शाहीले मिस पर्सनालिटीका साथै सोसल वेलफेयर एम्बेसडर चिफको अवार्ड जितेकी छन्। पल्सा महर्जनले मिस पब्लिक च्वाइस र सोसल वेलफेयर एम्बेसडर तर्फको फस्ट रनर अपको उपाधि जितिन्। रेफिना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडर तर्फको सेकेन्ड रनर्स अपको उपाधि हात पारिन्। 

रोजी शाक्यले वेस्ट हेयरको उपाधि हात पार्दा कृतिका प्रजापतिले वेस्ट स्किन, कृषा गैंजुले वेस्ट स्माइल, विदिशा श्रेष्ठले मिस डिसिप्लिन, अजुमी शाहीले मिस फोटोजेनिक, संगीता महर्जनले मिस फ्रेन्डसिप, सिर्जना श्रेष्ठले मिस चार्मिङ, कञ्चन तिताजुले मिस एलिगेन्ट, ईशा श्रेष्ठले वेस्ट ड्रेस, जितिन्। प्रतियोगितामा सजिना श्रेष्ठले मिस ट्यालेन्ट र रोशनी कुम्पाखाले उत्कृष्ट नेपाल भाषाको उपाधि हात पारेकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell