PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ऋषि कपूर क्यान्सरमुक्त, जन्मदिन मनाउन भारत फर्कने तयारी गर्दै



ऋषि कपूर क्यान्सरमुक्त, जन्मदिन मनाउन भारत फर्कने तयारी गर्दै

बलिउड अभिनेता ऋषि कपूर बिगत लामो समयदेखि क्यान्सरबाट पीडित थिए। ८ महिनादेखि अमेरिकाको न्युयोर्कमा क्यान्सरको उपचार गराइरहेका उनी क्यान्सर मुक्त भईसकेका छन् बताइएको छ।
 
क्यान्सर मुक्त भएसँगै उनी भारत फर्किेने तयारीमा छन्। वेब दुनियाँमा उल्लेख गरिएअनुसार उनी आफ्नो ६७ औं जन्मदिन मनाउन भारत आउने तयारीमा गर्दैछन्।
 
ऋषि कपूर भन्छन् ‘म अगस्ट महिनाको अन्तिमसम्ममा भारत फर्किने कोशिश गर्नेछु। मलाई अहिले एकदम राम्रो भईसकेको छ।’
 

ऋषि अब क्यान्सर फ्रि स्टेटमा छन्। उनलाई डाक्टरहरुले राम्रो रेखदेख गरिरहेका छन् ।न्यूयोर्कस्थित एक अपार्टमेन्टमा बसेका उनी आफ्नो स्वास्थ्य स्थितिबारे ट्वीटरमार्फत आफ्नो फ्यानहरुलाई जानकारी दिईरहेका हुन्छन्।
 
केही समयअघि अभिनेता शाहरुख खान, आमिर खान, अनुपम खेर, दीपिका पादुकोण लगायतका बलिउड हस्तीहरु उनलाई भेट्न न्यूयोर्क पुगेका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell