PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

ट्रम्पको विवादित होटलबाट इभान्काले कमाइन् ४० लाख डलर



ट्रम्पको विवादित होटलबाट इभान्काले कमाइन् ४० लाख डलर
फोटो: Getty Images file

डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले विवादित होटलबाट ४० लाख अमेरिकी डलर कमाएको खुलेको हफपोस्टले जनाएको छ।

अमेरिकाकी फस्ट डटर अर्थात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले वासिङटनमा अवस्थित आफ्नो बुबाको विवादित होटलबाट गत वर्ष ४० लाख अमेरिकी डलर कमाएको खुलेको छ।

राष्ट्रपति ट्रम्पले गा वर्ष सो होटलबाट ४ करोड ८ लाख अमेरिकी डलर कमाएका थिए।  उक्त होटल २२ देशका नागरिकहरुले प्रयोग गर्ने गरेको बताइको छ।

यता, मेरिल्यान्ड र कोलम्बियाको जिल्ला अदालतमा ट्रम्पले संविधान विपरित राष्ट्रपति भइरहेको अवस्थामा विदेशी भुक्तानीबाट चल्ने होटलबाट रकम लिन मिल्ने वा नमिल्ने विषयमा छलफल भइरहेको छ।

इभान्का ट्रम्प र उनका श्रीमान ज्यारेड क्रुस्नरले ह्वाइट हाउसको सल्लाकारका रुपमा काम गरिरहँदा १ सय ३५ मिलियन अमेरिकी डलर कमाएको समेत खुलेको छ। २०१७ मा उनीहरुको कूल आम्दानी ८२ मिलियन अमेरिकी डलरमात्रै थियो।

उनीहरुले आवसीय क्षेत्रमा मात्रै ७ सय ४८ मिलियन लगानी गरेका छन्। उनीहरुले विभिन्न बैंकहरुबाट २२ मिलियन अमेरिकी डलर ऋण लिएका छन्।  

गत वर्ष गरगहनाको व्यापारबाट ५ मिलियन कमाएकी उनले यसपटक भने १ मिलियनमात्रै कमाइन्। विवादका बीच उनले आफ्नो व्यापार बन्द गर्ने निर्णय समेत गरेकी थिइन्।

क्रुस्नरले भने आवसीय व्यापार गर्दे आएका छन्। उनको रियल स्टेट सम्पत्ति करिब २५ मिलियन रहेको बताइएको छ।

राष्ट्रपति भएका व्यक्तिका परिवारले खुल्ला रुपमा व्यापार व्यवसाय संचालन नगर्ने परिपाटी ट्रम्प परिवारले तोडेका छन्। यद्यपि उनीहरुको कमाइलाई लिएर विवाद भने भइरहेको छ।

ह्वाइट हाउसले इभान्काको आयबारे प्रकाशित रिपोर्टहरुबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell