PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


बेलायतमा प्रधानमन्त्री ओलीलाई गोरखा सैनिकको सलामी


पहिलोपोस्ट

बेलायतमा प्रधानमन्त्री ओलीलाई गोरखा सैनिकको सलामी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा त्यहाँ रहेका गोरखा सैनिकले सलामी अर्पण गरेका छन्। प्रधानमन्त्री ओली मंगलबार संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालय पुगेका थिए। 

१९ वर्षपछि बेलायत भ्रमणमा पुगेका नेपालका प्रधानमन्त्रीलाई गोरखा सैनिकले नेपाली राष्ट्रिय गानको धुन बजाएर स्वागत गरेका थिए।

उनलाई 'ब्रिगेड'मा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरेका हुन्। त्यसअघि प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा मेसँग भेट गरी गोरखा सैनिक सम्बन्धी सहमति भएको त्रिपक्षीय सन्धिको पुनरावलोकनको प्रस्ताव राखेका थिए। बेलायती सेनामा गोरखा सैनिकहरूले २०३ वर्ष देखि सेवा गर्दै आएका छन्। 



बेलायतमा प्रधानमन्त्री ओलीलाई गोरखा सैनिकको सलामी को लागी १ प्रतिक्रिया(हरु)

keshav karki [ 2019-06-12 16:49:25 ]
गोरखा भर्ति रोक्नुपर्नु ठाउमा फेरि हाम्रा प्राधान्मन्त्रीले बेलयति उपनिबेसलाइ निरन्तरता दिए क्या हो ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट