PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दुई शताब्दीयता ५७१ वनस्पती लोप भएको वैज्ञानिक निष्कर्ष



दुई शताब्दीयता ५७१ वनस्पती लोप भएको वैज्ञानिक निष्कर्ष
फोटो: REBECCA CAIRN WICKS/ BBC

वैज्ञानिकहरुले पृथ्वीमा अनुमान गरिएको भन्दा ५०० गुणा बढी मात्रामा वनस्पतिहरु लोप हुँदै गएको बताएका छन्।

साढे दुई शताब्दीको बीचमा ५७१ वटा वनस्पतिहरु लोप भएको एक वैज्ञानिक अनुसन्धानबाट खुलेको छ। रोयल बोटानिब गार्डेन, किउ र स्टकह्लोम युनिभर्सिटीले संयुक्त रुपमा गरेको अनुसन्धानमा वनस्पती लोप हुने संख्या चरा र अन्य जनावर लोप हुने तुलनामा दुई गुणा बढी भएको बताइएको छ।

संयुक्त राष्ट्रसंघले मे महिनामा प्रकाशित गरेको रिपोर्टमा १० लाख जनावर र वनस्पती लोपहुने अवस्थामा रहेको  उल्लेख गरिएको थियो।

अनुसन्धानकर्ताहरुले वनस्पतीहरु लोप हुने अवस्था बढ्दै गएको भन्दै त्यसलाई रोक्न विकल्पहरु खोज्ने बेला आइसकेको बताए। उनीहरुले लोप भएको चरा र जनावरको बारे तथ्यांक रहेको भएपनि वनस्पति लोप भएको बारे धेरैलाई थाहा हुनु अवस्था नरहेको बताए।

हाल गरिएको अनुसन्धानमा वनस्पतिहरु कहाँ र कसरी लोप भए भन्ने बारे विस्तृत अध्ययन गरिएको बताइएको छ। प्रतिवेदनमा उल्लेख भए अनुसार चिली स्यान्डलउड, त्रिनिटी , सेन्ट ओलिभ ट्रि लगायतका वनस्पती लोप भइसकेको छ।

यस्तै, चिलियन क्रोकस जस्ता लोप भइसकेका केही वनस्पतीहरु भने फेरि फेला परेको बताइएको छ।

वैज्ञानिकहरुले वनस्पतीहरु लोप हुने अवस्था यस्तै रहने हो भने त्यसले पृथ्वीको वायुमण्डलमा नकारात्मक असर गर्ने उल्लेख गरेका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell