PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतको पश्चिम बंगालमा मोदी र ममताका कार्यकर्ताबीच गोली हानाहान, ४ जनाको मृत्यु



भारतको पश्चिम बंगालमा मोदी र ममताका  कार्यकर्ताबीच गोली हानाहान, ४ जनाको मृत्यु
फाइल फोटो: AP

कोलकत्ता:  भारतको पश्चिम बंगालमा दुई राजनीतिक दलबीच भएको गोली हानाहानमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीनजना सत्तारुढ भारतीय जनता पार्टीका कार्यकर्ता रहेको बताइएको छ। अर्का एकजना भने तृणमूल कांग्रेसका कार्यकर्ता रहेको बताइएको छ। हिंसामा १८ जना घाइते भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनको क्रममा पश्चिम बंगालमा गरेको प्रचारप्रसार देखि नै सत्तारुढ भाजपा र तृणमूल कांग्रेसका कार्यकर्ताबीच झडपका घटना भइरहेका थिए।

भाजपाका नेता मुकुल रोयले त्रृणमूल कांग्रेसका कार्यकर्ताहरुले आफ्नो कार्यालयमा आक्रमण गरेकोमा त्यसको विरोध गर्न जाँदा गोली चलेको बताएका छन्।

निर्वाचनका क्रममा मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबीच आरोप प्रत्यारोप भएको थियो। भाजपाले ममताले बंगालमा निरंकुश शासन चलाएको आरोप लगाउँदा ममताले भने मोदी सरकारले प्रदेश सरकारहरुमाथि राज गर्न कोसिस गरिरहेको आरोप लगाउँदै आएकी छिन्। 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell