PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आप्रवासीमाथि नियन्त्रण गर्न मेक्सिको सहमत भएपछि ट्रम्पले फिर्ता लिए कर लगाउने योजना



आप्रवासीमाथि नियन्त्रण गर्न मेक्सिको सहमत भएपछि ट्रम्पले फिर्ता लिए कर लगाउने योजना
फोटो: DAILY EXPRESS

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानहरुमा कर लगाउने आफ्नो निर्णय फिर्ता लिएका छन्।

मेक्सिकोबाट गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका आप्रवासीहरुलाई रोक्न ट्रम्पले केही दिन अघि कर लगाउने निणर्य गरेका थिए।

ट्रम्पले जुन १० बाट मेक्सिकोबाट भित्रिने सामानहरुमा पाँच प्रतिशत कर लगाउने उल्लेख गर्दै अवैधानिक आप्रवासनको समस्या समाधान नभए करको दायरा बढ्दै जाने चेतावनी दिएका थिए।

ट्रम्पको निर्णयलाई मेक्सिकोले 'विनाशकारी' भन्दै यस निर्णय विरुद्ध आफूहरुले पनि कडा कदम चाल्न सक्ने बताएको थियो।

तर, मेक्सिकोले आप्रवासी रोक्न कदम चाल्ने भन्दै लिखित सम्झौता नै गरेपछि ट्रम्पले आफ्नो निर्णय फिर्ता लिएको बताइएको छ।

ट्वीट गर्दै ट्रम्पले मेक्सिकोसँग भएको सम्झौता बारेमा जानकारी दिएका हुन्। उनले सोमबारबाट लगाउने भनिएको कर फिर्ता लिएको भन्दै मेक्सिकोले अमेरिकामा प्रवेश गर्ने तयारीमा रहेका आप्रवासीहरुलाई नियन्त्रणमा लिन कडा उपायहरु अपनाउने सहमती गरेको बताएका छन्।  

ट्रम्पले दक्षिणी सीमा खुल्ला भएको र आप्रवासीहरुको गैर कानूनी प्रवेशका कारण अमेरिकामा संकट उत्पन्न भएको भन्दै पर्खाल बनाउने अडान लिँदै आएका छन्। अमेरिका प्रवेश गर्न खोजी रहेका हजारौं आप्रवासीहरु केही महिनदेखि अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका शहरहरुमा छन्। तर ट्रम्प प्रशासनले भने गैर कानूनी रुपमा कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell