PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुबईमा पर्यटक सवार बस दुर्घटना, १७ जनाको मृत्यु



दुबईमा पर्यटक सवार बस दुर्घटना, १७ जनाको मृत्यु
फोटो: DUBAI POLICE

दुबई: ओमनबाट इद मनाएर दुबई फर्किरहेकाहरु सवार बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।

एसिया र युरोपका विभिन्न देशका नागरिकहरु सवार बस सडकमा रहेको 'रोड साइन' सँग ठोक्किएपछि सो दुर्घटना भएको दुबई प्रहरीले जनाएको छ। मृत्यु हुने ८ जना भारतीय नागरिक रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा सवारी चालकले सडकमा रहेका साइन बोर्डहरुमाथि ध्यान नदिँदा दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।

सवारी चालकले पनि आफूले सडक सुरक्षाका लागि राखिएको साइन बोर्डहरु  नदेखेको उल्लेख गरेका छन्। प्रहरीका अनुसार चालकले न्यूनतम गति भन्दा बढी गतिमा गाडी चलाइरहेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell