PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चिनियाँ राष्ट्रपति सीले भने,' रसियाली राष्ट्रपति पुटिन मेरो मिल्ने साथी'



चिनियाँ राष्ट्रपति सीले भने,' रसियाली राष्ट्रपति पुटिन मेरो मिल्ने साथी'
फोटो: AFP

मस्को: चिनियाँ राष्ट्रपति सि जिनपिङले रसियाका राष्ट्रपति भलादमिर पुटिन आफ्नो 'मिल्ने साथी' भएको बताएका छन्। अमेरिकासँग व्यापार युद्ध चलिरहेको बेला रसियाको तीन दिने भ्रमणका क्रममा सी हाल मस्कोमा छन्।

बुधवार मस्को पुगेका सीले दुई राष्ट्रबीचको सम्बन्धका बारेमा भने,' पछिल्लो ६ वर्षमा हामी करिब ३० पटक भेटयौं। रसिया मैले सबै भन्दा धेरै भ्रमण गरेको राष्ट्र हो। राष्ट्रपति पुटिन मेरो सबै भन्दा मिल्ने साथी हुन्।'

राष्ट्रपति पुटिनले पनि दुई राष्ट्रको सम्बन्ध राम्रो हुँदै गएकोमा खुशी लागेको बताए।

भ्रमणका क्रममा दुई राष्ट्रबीच विभिन्न 'प्याकेज' मा व्यापार सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ। सीले मस्को चिडियाखानाका लागि दुईवटा पान्डा समेत उपहारका रुपमा प्रदान गर्न ल्याएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell