PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बजेटमा स्वास्थ्य : सबै नेपालीलाई बिमाको दायरामा ल्याउने



पहिलोपोस्ट

बजेटमा स्वास्थ्य : सबै नेपालीलाई बिमाको दायरामा ल्याउने

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्रीले आधारभूत स्वास्थ्य सेवा सर्व सुलभ, गुणस्तरीय र भरपर्दो बनाउने भन्दै स्वाथ्य क्षेत्रका लागि बजेट घोषणा गरे।

अर्थमन्त्रीले सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने बताए। सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्नका लागि सरकारले ६ अर्ब छुट्याएको छ।

महिला स्तन क्यान्सर परीक्षण र सर्भाइकल क्यान्सरको खोप परियोजना, नि:शुल्क गर्ने भएको छ जसका लागि २ अर्ब २२ करोड विनियोजन गरिएको छ।

त्यस्तै सुरक्षित मातृत्व र बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि पनि ५ अर्ब घोषणा भएको छ। सुत्केरी महिला यातायात खर्चका लागि २२ करोड छुट्याइएको छ।

देशभरका स्वयम् सेविकालाई प्रोत्सहान स्वरुप बाटो खर्च वार्षिक ३ हजार दिइने भएको छर जसका लागि १५ करोड बजेट विनियोजन भएको छ।

पश्चिम तराईमा सिकलसेल, एनिमिया रोकथामका लागि बजेट विनियोजन भएको छ।

क्षय रोग, एचआइभी एड्स लगायत रोग रोकथामका लागि खोप कार्यक्रम गर्न १ अर्ब ८२ करोड छुट्ट्याइएको छ।

हरेक स्थानीय तहमा प्राविधिक एक चिकित्सक सहितको प्राविधिक अस्पताल स्थापना हुने अर्थमन्त्रीले बताए। जसका लागि ५ अर्ब बजेट विनियोजित छ।

कोशी, भरतपुर, डडेल्धुरा, सुर्खेत, भेरी लगायत क्षेत्रीय अस्पतालको स्तरोन्नतीका लागि विशिष्टकृत सेवा उपलब्ध गराउने भनिएको छ। जसका लागि १ अर्ब बजेट तोकिएको छ।

राजविराजको रामराजा प्रसाद सिंह अस्पताल स्थापना गरिने। मानव अङ्ग प्रत्यारोपण केन्द्रमा म्याचिङ टेस्ट प्रविधि जडान गरिने भएको छ।

भक्तपुरको दुवाकोटमा वीर अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि ४० करोड बजेट विनियोजन भएको छ।

काङ्ग्रेस नेताहरुको नाममा स्थापित अस्पतालहरुका लागि उचित बजेट विनियोजन गरेको बजेट वक्तव्यमा जनाइएको छ।

वडा स्तरमा पूर्ण खोप सुनिश्चित कार्यक्रम हुने बताइएको छ। नसर्ने तथा दीर्घ रोगको पहिचान तथा रोकथामका लागि ‘टोलटोलमा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालनमा ल्याउने अर्थमन्त्रीले घोषणा गरेका छन्।

वर्ष २०७५/७६ का लागि स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ९७ लाख बजेट मात्र बजेट छुट्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell