PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


८० वर्षे जसवीरको २०४० बाट जंगलमा बास


८० वर्षे जसवीरको २०४० बाट जंगलमा बास

रामपुर: पाल्पाको निस्दी गाउँपालिकाकाका एक वृद्ध ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका छन्। निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब सात सय मिटर टाढा जङ्गलमा बस्छन्।
  
कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजीकै पठाएका थिए। उमेरले करीब ८० वर्ष पुगेका सुनारीले आफू बिरामी भएपछि गाउँलेले आफूलाई हेला गर्ने गरेको गुनासो गरे। “पहिले पनि मेरो नजीक आउन र सँगै खाना खान कोही मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए ”, सुनारीले गुनासो गरे।

अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर घर बोलाए पनि  गाउँलेले दुव्र्यवहार गर्ने डरले गाउँ फर्कन नसकेको बताए।  सुनारी पहिले आफ्ना भाइसँगै बस्दै आएका थिए।

बुढेसकालको शरीर जङ्गलको बास, पानी पर्दा र रातमा जङ्गली जनावर कराउँदा डर सँगै दुःख लाग्ने सुनारी बताउछन्।

अहिले भने गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरेको उनले बताए। सुनारी खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएका छन्।  माइक्रो ब्याक्टेरियम नेप्रेइयमका कारण छालामा लाग्ने कुष्ठरोग लामो समयसम्म छालामा एकार्काबीच छोइराखे मात्र सर्ने रामपुर अस्पतालका मेडिकल अधिकृत रामप्रसाद कोइराला बताउछन्। कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वासका कारण कुष्ठरोगीप्रति दुव्र्यवहार हुने गरेको छ। रासस



८० वर्षे जसवीरको २०४० बाट जंगलमा बास को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट