PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल बास्केटबल लिग : आर्मीले टाइम्सलाई एक अंकको अन्तरले हरायो



पहिलोपोस्ट

नेपाल बास्केटबल लिग : आर्मीले टाइम्सलाई एक अंकको अन्तरले हरायो

काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालको आयोजनामा भइरहेको क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल) अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा विभागीय टोली त्रिभुवन आर्मीले टाइम्स इन्टरनेशनललाई एक अंकको अन्तरले पराजित गरेको छ।

घरेलु कोर्ट भद्रकालीमा भएको खेलमा आर्मीले टाइम्सलाई ६७-६६ ले हराएको हो। खेलको पहिलो क्वाटर आर्मीले २०-१९ ले आफ्नो पक्षमा पार्दै एक अंकको अग्रता बनाएको थियो। दोस्रो क्वाटर टाइम्सले १५-१४ ले आफ्नो पक्षमा पार्दा खेल ३४-३४ को अवस्थामा पुग्यो।

तेस्रो क्वाटरमा आर्मीले १६-१३ को अग्रता बनाउँदा ५०-४७ को अग्रता बनायो। निर्णायक तथा अन्तिम क्वाटर टाइम्सले १९-१७ ले आप्नो पक्षमा पारेपनि आर्मी एक अंक अगाडि रहँदै खेल जित्न सफल भएको हो।

यस जितपछि आर्मीले टाइम्सको कोर्टमा बेहोरेको हारको बदलासमेत लिएको छ। यसअघि भएको खेलमा टाइम्सले आर्मीलाई १०३-९६ ले पराजित गरेको थियो।

जितपछि आर्मीले टाइम्ससँगको अंक दूरी २ मा झारेको छ। तर आर्मीले एक खेल कम खेलेको छ। दुबै टिमले अहिलेसम्म एक-एक खेल हारेका छन्।

१२ खेलबाट ११ जितसहित २३ अंक जोडेको टाइम्स पहिलो स्थानमा छ। यस्तै ११ खेलबाट १० जितसहित २१ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। अब टाइम्सले २ र आर्मीले ३ खेल खेल्न बाँकी छ।

१३ खेलबाट २० अंक जोडेको बुढानिलकण्ड नगरपालिका तेस्रो र १२ खेलबाट १८ अंक रहेको नेपाल पुलिस चौथो स्थानमा छ।

आजै गोल्डेनगेट इन्टरनेशनल कलेजजले साउथ साइडर्ससँग घरेलु ङ्कोर्टमा खेल्दैछ। साविक विजेता गोल्डेनगेट ११ खेलबाट १६ अंकसहित पाँचौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell