PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

१४ दिनदेखि अनशनमा नर्स : माग पुरा गर्न सरकारलाई कांग्रेसको आग्रह



१४ दिनदेखि अनशनमा नर्स : माग पुरा गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं नेपाली कांग्रेसले आन्दोलनरत नर्सहरुको मागमा चाँडो सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

आज कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै नर्सको मागमा गम्भीर बन्न आग्रह गरेका हुन्।


'अनशनको १४ औं दिन बितिसक्दा सम्म पनि अनशनरत जिता बरालको मागहरुलाई सरकारबाट सुनुवाई नहुनु दुःखद पक्ष हो। अनशन बसेकी नर्सको स्वास्थ्य स्थिति दिनप्रति दिन विग्रदै गइरहेकोले उहाँको जीवन रक्षाको प्रमुख दायित्व राज्य पक्ष हो र यस विषयमा सरकार गम्भिर हुनु पर्दछ,' जारी विज्ञप्तिमा भनिएको छ, 'सरकारी पक्ष र अनशनरत पक्षबीच यथाशीघ्र वार्ता गरी सम्वादको माध्यमबाट पेशागत हकहित र अधिकार सम्बन्धित सबै जायज माग पुरा गर्न वर्तमान सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ।'

यसअघि धर्ना बस्दै आएका नर्सहरुलाई प्रहरीले धरपकड गरेपछि दुई जनाले अनशन शुरु गरेका थिए। नर्स दिकी शेर्पाले भने अनशन तोडिसकेकी छिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell