PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

फिल्म 'चिसो वर्ष'लाई दोस्रो अन्तर्राष्ट्रिय पुरस्‍कार



पहिलोपोस्ट

फिल्म 'चिसो वर्ष'लाई दोस्रो अन्तर्राष्ट्रिय पुरस्‍कार

पेरिसमा भइरहेको ७२ औं कान्स फिल्म फेस्टिभलमा निर्माणाधीन नेपाली फिल्म द इयर अफ कोल्ड 'चिसो वर्ष' पुरस्कृत भएको छ। विश्वभरका ५२ फिल्मकर्मीले पेस गरेका परियोजनामध्ये ६ फिल्मले नर्वेजियन सरफन्ड प्राप्त गरे। तीमध्ये एक निर्देशक मीनबहादुर भामको परियोजना रह्यो।

फिल्म निर्माणका लागि उनले ६० हजार अमेरिकी डलर प्राप्त गरे।

२०७४ सालमै घोषणा भएको फिल्म चिसो वर्षको यो पहिलो अन्तर्राष्ट्रिय पुरस्कार भने होइन। फिल्मले यसअघि सन् २०१८ मा स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार युरो जितेको थियो।

फिल्म लेखनको क्रममा पनि सिनेफन्डेसन रेसिडेन्स, बुसान फेस्टिभलमा पनि फन्ड प्राप्त गरेको थियो।

फिल्मले श्रीमान खोज्न एक तिब्बती महिलाले गर्ने संघर्षको कथा भन्छ। उनी गर्भवती छिन्। श्रीमान पेमा एक्कासी हराएपछि उनी पतिको खोजिमा निस्किन्छिन् र कथा अघि बढ्छ।

फिल्मबारे जुरीले भनेको छ, 'पितृसत्तात्मक समाजमा एक महिलाले अधिकार र पहिचानका खातिर गर्ने यात्रा रोचक छ। साथै कवितात्मक कथामार्फत् नेपालको प्रकृति र संस्कृति झल्काउनु अर्को सशक्त पाटो हो।'

पुरस्कृत हुनेमा अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले रहेका छन्।

मिनबहादुर भाम फिल्म 'कालो पोथी' निर्देशक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell