PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

चीनको यौन बजारमा दशौँ हजार उत्तर कोरियाली युवती, चिनियाँ अन्डरवर्ल्डलाई वार्षिक साढे १० करोड डलरको कारोवार



चीनको यौन बजारमा दशौँ हजार उत्तर कोरियाली युवती, चिनियाँ अन्डरवर्ल्डलाई वार्षिक साढे १० करोड डलरको कारोवार
फोटो: koreafuture.org

काठमाडौं: दशौँ हजार उत्तर कोरियाली महिला तथा बालिकाहरु चीनमा यौन दासीको रुपमा बेचिएको तथ्य खुलेको छ। लण्डनस्थित मानवअधिकारवादी संस्था कोरिया फ्यूचर इनिसिएटिभले प्रकाशित गरेको यौन दासी सम्बन्धी प्रतिवेदनमा यस्तो उल्लेख छ। 

चीनमा हुने उत्तर कोरियाली महिलाहरुको बेचविखनबाट वार्षिक रुपमा १० करोड पचास लाख अमेरिकी डलर बराबरको कारोवार हुने तथ्यसमेत प्रतिवेदनमा उल्लेख छ। यसरी बेचिने महिलाहरु व्यवस्थिक रुपमा बलात्कृत हुनेदेखि यौन दासीको रुपमा प्रयोग हुने गरेको प्रतिवेदनमा उल्लेख छ। उनीहरुलाई यौन व्यवसाय, जबरजस्ती विवाह, जबरजस्ती गर्भाधानलगायतका काममा लगाइने गरेको छ।
 
'उत्तर कोरियाबाट महिला तथा बालबालिकाहरु तस्कर, दलाल तथा अपराधिक संगठनहरुको जालोमा परेर चीनको यौन बजारमा तानिने तथा उनीहरुको शरिरले काम गर्न नछाड्दासम्म पुरुषहरुबाट बलात्कृत भइरहेने गरेका छन्,' प्रतिवेदनमा भनिएको छ। 

यसरी प्रयोग भएका महिलाहरुबाट चिनियाँ यौन बजारबाट चिनियाँ अण्डरवर्ल्डले साढे १० करोड अमेरिकी डलर बराबरको वार्षिक कारोवारसमेत गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। 

'यसरी प्रयोग हुने महिलाहरु न्यूनतम चार डलर सम्ममा देह व्यापार गर्न बाध्य हुने गरेका छन्। त्यस्तै उत्तर कोरियाली महिलाहरु १४६ अमेरिकी डलरमा श्रीमतीको रुपमा बेचिने गरेका छन्। 

उनीहरु माथि विश्वव्यापी अनलाइन ग्राहकहरुले शोषण गर्ने गरेका छन्। प्रतिवेदनमा अगाडि भनिएको छ, 'सामान्यतय १२ देखि २९ वर्षसम्मका बालिका तथा महिलाहरु चिनियाँ यौन बजारमा सीधै उत्तर कोरियाबाट ल्याइने गरेको छ। उत्तर कोरियाबाट यसरी आइपुग्ने अधिकांश महिलाहरु एक पटक भन्दा बढी बेचिइने र आफ्नो देश छाडेको वर्षदिनभित्रै कुनै न कुनै प्रकारको यौन दासीको रुपमा दुर्व्यवहारको सिकार हुने गरेका छन्।'
 
यसरी उत्तर कोरियाबाट चिनियाँ यौन बजारमा महिलाहरु ल्याइदा प्रमुख रुपमा जबरजस्ती विवाहलाई हतियारको रुपमा प्रयोग गरिने गरेकोसमेत प्रतिवेदनमा उल्ल्ख छ। 'यसरी ल्याइएका महिलाहरु उत्तर पूर्वी चीनका स्याटेलाइट टाउनहरुका नजिकका गाउँहरुका वेश्यालयहरुमा पुर्‍याइन्छन्। अधिकांश १५-२५ उमेर समूहका यी महिलाहरु पटक पटक सामुहिक बलात्कृत हुन्छन्।'

उत्तर कोरियाली महिलाहरुका लागि साइबर सेक्स ट्राफिकिङ सानो तथा सुरुवाती चरणमा रहे पनि तीब्र रुपमा बिस्तार भइरहेकोसमेत प्रतिवेदनमा उल्लेख छ। '९ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई वेभ क्यामेरका अगाडि ग्राफिक्स यौन कार्य गर्न वाध्य पारिन्छ र विश्वव्यापी दर्शकहरुका लागि प्रसारण गरिन्छ। यसरी प्रयोग हुने महिलाहरु अधिकांश उत्तर कोरियाली भएको विश्वास छ,' प्रतिवेदनमा भनिएको छ, 'यसरी चीनको यौन बजारमा पुर्याकइएका महिलाहरुले चीनमै देह त्याग गर्छन्। नगन्य मात्रामा मात्र महिलाहरु उद्दार गरिन्छ।'

प्रतिवेदनमा चीनले उत्तर कोरियाली प्रतिको आफ्नो नीति परिवर्तन नगर्ने भन्दै चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्ने तथा प्रतिबन्ध लगाउनुपर्ने सुझाबसमेत दिइएको छ। यसरी चीनमा पुगेका उत्तर कोरियाली महिलाहरु बाहिर आए उनीहरुलाई उत्तर कोरिया फिर्ता पठाउने गरिएको छ। उत्तर कोरियाली उनीहरुमाथि थप दण्ड दिने हुँदा बेचिएका महिलाहरु बाहिर आउन नचाहने गरेको बताइन्छ। 'यसरी बाहिर आउन चाहने उत्तर कोरियाली महिलाहरुको सुविधाका लागि सबै देशहरुले काम गर्नुपर्ने तथा चीनमा रहेका सबै दूतावासहरुले उत्तर कोरियालीहरु शरणार्थीको रुपमा स्विकार गर्न आवश्यक छ,' प्रतिवेदनमा सुझाब दिइएको छ।
 
प्रतिवेदनमा चिनियाँ यौन बजारमा रहेका उत्तर कोरियाली महिलाहरुको कारुणिक पीडालाईसमेत उतारिएको छ।
 
'एक जना मान्छेले मलाई उसको अपार्टमेन्टमा लग्यो। त्यहाँ पुग्दा म चकित भएँ त्यहाँ उत्तर कोरियाली केटीहरु थिए। मलाई थाहा छैन उनीहरु कति वर्षका थिए। मैले त्यहाँ दुई जना केटी देखेँ जसको स्तनसमेत विकसित भएको थिएन। मलाई एउटा कोठामा लगियो त्यहाँ एउटा बेड थियो नजिकै एउटा टेबलमा कम्प्युटर र वेभ क्याम थियो। चार जना मान्छे आए। मलाई सामुहिक बलात्कार गरे। जब तेस्रो मान्छेले मलाई बलत्कार गरिरहेको थियो। मेरो यौनी च्यातियो। त्यसपछि के भयो म सम्झिन सक्दिनँ,' चोइ। 

अर्की युवती जाङको पीडा पनि उस्तै छ, 'हाम्रा लागि एउटा मात्र कोठा छ, जहाँ हामी खाने सुत्ने गर्छौँ। यो एकदम सानो छ। झ्यालहरु सँधै बन्द हुन्छन्। कसैले पनि हामीलाई देख्न सक्दैनन्। भित्र एकदमै गर्मी हुन्छ। अनलाइन ग्राहकहरुको पर्खाइमा रहेका बेला हामी निदायौँ भने मात्र दलालकी श्रीमतीले हामीलाई सियोले घोच्दिन्छ। क्यामेरामा नदेखियोस भनेर सिलाउने सियोको प्रयोग हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell