PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

विप्लवको कार्याकर्तामाथि प्रहरीले चलायो गोली, एक घाइते



विप्लवको कार्याकर्तामाथि प्रहरीले चलायो गोली, एक घाइते

काठमाडौँ: नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्यमाथि प्रहरीले गोली चलाएको छ।
 
भोजपुरको टम्केमैयुङ गाउँपालिकामा प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले बताए।

गोली लागि तीर्थराज घिमिरे घाइते भएका छन्। घिमिरेको खुट्टामा गोली लागेको प्रहरीको दाबी छ। '१०\१२ जनाको समूहमा रहेकाले प्रहरी देखेर गोली प्रहार गर्न खोजे। हाम्रो टोलीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएका छौ,' डिएसपी न्यौपानेले भने।

घिमिरेबाट एक थान पेस्तोल, ५ राउन्ड गोली, बिस्फोटक पदार्थसमेत बरामद गरेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell