PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इन्डोनेसियाको राष्ट्रपतिमा पुन: विडोडो 



इन्डोनेसियाको राष्ट्रपतिमा पुन: विडोडो 
फोटो: Getty Image

इन्डोनेसियामा जोको विडोडो मंगलबार पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन्।

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश मानिएको इन्डोनेसियाको राजधानी जकार्तामा कडा सुरक्षाबीच निर्वाचन परिणाम घोषणा गरिएको हो।
  
विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए।

२०१४ मा पनि विडोडो र सुविआन्तोबीच प्रतिस्पर्धा भएको थियो। सो निर्वाचनमा विडोडोले ५३ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६ प्रतिशत प्राप्त गरेका थिए।

निर्वाचन आयोगले विडोडोलाई राष्ट्रपति घोषणा गरेपनि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न नमानेको बताइएको छ।

उनले ५ वटा प्रान्तमा धाँधली भन्दै पुन: निर्वाचनको माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell