PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लक्ष्मी उदीयमान खेलाडी



पहिलोपोस्ट

लक्ष्मी उदीयमान खेलाडी

काठमाडौं : दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स अन्तर्गत काठमाडौं जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ सोमबार उदीयमान खेलाडी घोषित भएकी छन्।

त्यसवापत् लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम संकलन गरी ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरे।

प्रतियोगिता अन्तर्गत पुरुष छान् छ्वानमा बलम्बु माविका मेमबहादुर लो र महिलामा बुद्ध प्रकाशकी मनिका थापा तथा पुरुष नान छ्वानमा बुद्ध प्रकाशका छिरिङ लामाले स्वर्ण जिते। पुरुष थाइची छ्वानमा बुद्ध प्रकाशका आकाश लुङगेली तथा महिलामा बुद्ध प्रकाशकै मारिया राई पहिलो भए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल, आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपोनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। त्यसअघि एकदिने प्रतियोगिताको राखेपकी सदस्य इन्दिरा निरौलाले उद्घाटन गरेकी थिइन्।

करातेतर्फ  

करातेतर्फ पुरुष ३० केजीमा शहीद शुक्रका दीपेश तामाङ तथा ३५ केजीमा माउन्ट लार्कका साहिल घले पहिलो भए। महिला ३० केजीमा माउन्ट लार्ककी एन्जिला राई, ३४ केजीमा माउन्ट लार्ककै दिब्या गुरुङ र ३८ केजीमा ब्लेसकी अन्जली महर्जनले स्वर्ण जिते। अर्को स्वर्ण थप्ने क्रममा अन्जली एकल कातामा पनि पहिलो भइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell