PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मैत्रीपूर्ण खेलको लागि नेपाली टोली घोषणा, विमल र भरत परेनन्, को-को परे?



पहिलोपोस्ट

मैत्रीपूर्ण खेलको लागि नेपाली टोली घोषणा, विमल र भरत परेनन्, को-को परे?

काठमाडौं : आगामी जुन महिनामा खेल्ने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोलीको घोषणा भएको छ।

मुख्य प्रशिक्षक योहान कलिनले सोमवार २३ सदस्यीय टोलीको नाम सार्वनिक गरेका हुन्। नेपालले जुन २ मा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग खेल्नेछ।

कलिनले घोषणा गरेको टोलीमा फरवार्ड विमल घर्ती मगर र भरत खवास भने अटाएनन्। यस्तै अभिषेक रिजालले टिममा स्थान बनाएका छन्। यस्तै हेमन गुरुङ र कमल श्रेष्ठ पनि टिममा पर्न सकेनन्।

यो दुई खेललाई फिफा वर्ल्ड कप २०२२ को क्वालिफायरको तयारीको रुपमा हेरिएको छ।

प्रशिक्षक कलिनले यी दुई खेल नेपालको लागि अवसर भएको बताएका छन्। उनले कडा प्रतिस्पर्धा हुने अपेक्षा राखेका छन्।

'छनोट ट्रेनिङको आधारमा गरिएको हो। केही नयाँ खेलाडीले प्राक्टिपस सेसनमा राम्रो गरेका थिए। आशा छ उनीहरुले खेलमा पनि आफूलाई प्रमाणित गर्नेछन्।' कलिनले भने।

केही खेलाडी फिटनेसमा कमजोर रहेका कारण पूर्ण रुपमा फिट रहेका खेलाडीहरु छनोट गरेको उनले बताएका छन्।

 

नेपाली टोली:

गोलकिपर : किरण चेम्जोङ, एलान न्यौपाने, विकेश कुथु

डिफेण्डर : विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवी सिलवाल

मिडफिल्डर/फरवार्ड : सुनिल बल, रवी पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell