PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'आइसीसी विश्वकप-२०१९ कोहली र भारतको हो'



'आइसीसी विश्वकप-२०१९ कोहली र भारतको हो'
फोटो: Reuters

जुन ५ तारिख , २०१९। यही दिन भारतीय टिमले विश्वकप २०१९ मा आफ्नो यात्रा शुरु गर्नेछ। उसले पहिलो खेल दक्षिण अफ्रिकाविरुद्व साउथ ह्याम्टनमा खेल्नेछ।

भारतीय टिमका प्रशंसकलाई ट्रफी भन्दा अरु चिजले खुशी दिन सक्दैन। भारतीय टिमप्रति यो भरोसा र जितको आधार हुन्को विराट कोहली।

कोहली विश्वको नम्बर एक टेस्ट ब्याट्सम्यान, नम्बर एक डे ब्याट्सम्यान र नम्बर एक टी ट्वान्टी ब्याट्सम्यान हुन्। जब भारतले इंग्ल्याण्डविरुद्ध एकदिवसीय मा ३५१ रनको लक्ष्य सफलतापुर्वक पुरा गर्‍यो इङ्ल्याण्डका पूर्व कप्तान माइकल वानले कोहलीको प्रशंसा गरेका थिए।

भर्खरै एक कार्यक्रममा इंग्ल्याण्डका पूर्व अलराउन्डर तथा आइसीसी वर्ल्ड कपमा ब्राण्ड एम्बासडर एन्ड्रु फ्लिन्टफले भनेका छन्, विराट कोहली सचिन तेन्दुल्करभन्दा राम्रा खेलाडी हुन्, सायद ‘अलटाइम’ उत्कृष्ट खेलाडी।

यति उत्कृष्ट खेलाडी तथा कप्तानसँग करोडौँ प्रशंसकको आशा छ कि योपटक फेरी विश्वकप भारतको हुनेछ।

तर यस सफलताको शिखरमा पुग्न विराटको यात्रा सजिलो भने थिएन ।

विराटनको जन्म दिल्लीको एक मध्यमवर्गीय सामान्य परिवारमा भयो। उनका बुवा प्रेम कोहलीको सपना थियो, 'विराट एक दिन ठुलो क्रिकेटर बनेर भारतको लागि खेलोस्। उनले विराटको भर्ना दिल्लीका प्रशिक्षक राजकुमार शर्माको एकेडेमीमा गरिदिएका थिए।'

विराटको लगनशिलता र प्रशिक्षकको मेहनतले उनी सफलताको सिढी चढ्दै गए र विराट दिल्लीको रणजी टिममा पर्न सफल भए।

फेरि केही यस्तो भयो जसले विराटलाई रातारात युवा खेलाडीबाट एक परिपक्क क्रिकेटर बनायो।

दिल्लीले रणजी म्याच कर्नाटकसँग खेल्न गइरहेको थियो। दिल्लीको अवस्था निकै नाजुक थियो र खेल जोगाउन निकै मुस्किल भइरहेको थियो। विपक्षी टिमको ४४६ रनको लक्ष्य पछ्याएको दिल्लीले ५ विकेट गुमाएर १०३ रन बनाउँदा दिनको खेल सकियो। विराट नटआउट ४० रन खेलिरहेका थिए। तर विराटको घरको अवस्था ठीक थिएन। विराटका बुवा प्रेम केही दिन यता सिकिस्त थिए। सोही रात उनको निधन भयो।

प्रशिक्षक राजकुमार शर्माले एक अन्तर्वार्तामा भनेका छन्, जब उनी अष्ट्रेलियामा थिए, उनलाई विराटको फोन आएको थियो।

प्रशिक्षकले भनेका छन्, ‘फोनमा विराट रोइरहेका थिए। उनले घटना सुनाए यस्तो भए भने, के गर्ने भनेर सुझाव मागे। मैले सोधेँ तिमी के गर्न चाहन्छौँ। उनले भने म खेल्न चाहन्छु। मेरो जवाफ थियो त्यही गर। केही घण्टापछि विराटको फेरी फोन आयो र उनी रोइरहेका थिए। उनले भने कि अम्पायरले उनलाई गलत तरिकाले आउट दिए।'

विराटले दिल्लीका विकेटकिपर ब्याट्सम्यान पुनित विष्टका साथ ठूलो साझेदारी गर्दै दिल्लीलाई मुस्किल स्थितिबाट जोगाए। त्यो पनि आफ्नो बुवा बितेपछि। उनीसँग आफ्नो मेन्टर र गाइड नै थिएन।

क्रिकेटप्रति विराटको यस्तो लगाव थियो।

विराटले भारतको यू-१९ टिमको कप्तानीको जिम्मेवारी पाए। त्यस टिमका साथ उनले यू-१९ विश्वकप समेत जिते।

भारतीय टिममा समेत उनको इन्ट्री हुन धेरै समय लागेन। उनलाई धेरै रोक्ने अवस्था थिएन। सन् २००८ मा उनले श्रीलंकाविरुद्व डेब्यु गरे। कोहलीले आफ्नो पहिलो सिरिजमा अर्धशतक प्रहार गर्दै अन्तर्राष्ट्रिय करियरमा शानदार सुरुवात गरे।

वान डे मा विराटले एक पछि अर्को गर्दै रेकर्ड बनाउन सुरु गरे। विशेषगरी लक्ष्य पछ्याउने क्रममा उनको गतिलाई कसैले भेटाउन सक्ने अवस्था रहेन।

लक्ष्य पछ्याउने क्रममा कोहलीले ८४ खेलमा २१ शतक प्रहार गरे। ५ हजारभन्दा धेरै रन बनाए। उनले यसमा १८ पटक भारतलाई जिताउन शतक प्रहार गरे।

वन डे मा सायदै यस्ता कोही खेलाडी छन् जसले लक्ष्य पछ्याउने क्रममा विराट कोहलीभन्दा ज्यादा कीर्तिमान बनाएका होस्।

विराटले जसरी रन बनाइरहेका छन्, यसले एक्सपर्टहरुलाई भन्न जरुरी हुन्छ कि जब विराट रिटायर्ड हुन्छन्, तब  ब्याटिङको धेरै रेकर्ड उनको नाममा हुनेछ।

खासगरी जसरी उनी शतक बनाउँछन्, त्यो निकै अद्वितीय छ। उनले ४९ अर्धशतक र ४१ शतक प्रहार गरेका छन्। यसले देखाउँछ कि विकेटमा खडा रहन विराटलाई कति मन पर्छ भनेर। उनी लगभग हरेक पटक दुई अर्धशतकलाई शतकमा बदिलदिन्छन्।

विराट कोहलीका लागि यो तेस्रो वर्ल्डकप हो। पहिलो पटक उनी सन् २०११ मा खेलेका थिए। २१ वर्षको उमेरमा विश्व च्याम्पियन बनेका थिए।

उनले बंगलादेशविरुद्व शतक बनाए र विरेन्द्र सेहवागसँग मिलेर २ सय रनको साझेदारी गरेका थिए। श्रीलंकाविरुद्व फाइनलमा धोनीको त्यो हेलिकप्टर सट र गौतम गम्भिरको शानदार पारीलाई सबैले याद गर्छन्। तर त्यही पारीमा कोहलीले गम्भिरसँग मिलेर ८५ रनको साझेदारी गरेका थिए, जसले भारतको जितको आधार खडा गरेको थियो।

२०१५ को वर्ल्डकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा खेलिएको थियो। यस प्रतियोगितामा पाकिस्तानविरुद्व कोहलीले १२६ बलमा १०७ रन बनाएका थिए। उक्त खेल भारतले ७६ रनले जितेको थियो।

कोहलीले यस प्रतियोगितामा अन्य खेलमा पनि राम्रो प्रदर्शन गरे। जसको मद्दतमा भारतले आफ्नो समूहमा शीर्ष स्थान हात पारेको थियो। सेमिफाइनलमा अष्ट्रेलियाविरुद्व कोहली १ रनमात्र बनाएर आउट भए, यो खेलमा भारत पराजित भएको थियो।

कोहली पछिल्ला केही वर्ष उत्कृष्ट फर्ममा छन्। र उनको ब्याटले शतकको वर्षा गरिरहेको छ। एक्सपर्टकाअनुसार विराट करियरको उच्च फर्ममा छन्।

भारतीय टिम पनि अहिले सन्तुलित टिमको रुपमा रहेको छ। जसमा अनुभवी र युवा खेलाडीहरुको मिश्रण रहेको छ।

टिममा महेन्द्र सिंह धोनी पनि छन् जो सम्भवत आफ्नो अन्तिम विश्वकप खेल्दैछन्।

के कोहलीको टिमले आइसीसी वर्ल्डकप २०१९ जित्न सक्ला? फ्यानलाई मान्ने हो भने यो वर्ल्डकप कोहली र भारतको हो।

-बीबीसी हिन्दीबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell