PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागी हुन फ्रान्स उड्दै प्रियंका कार्की 



कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागी हुन फ्रान्स उड्दै प्रियंका कार्की 
फाइल फोटो

काठमाडौं: नायिका प्रियंका कार्की ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा सहभागी हुने भएकी छिन्। उनी उक्त फेस्टिभलमा नेपालबाट सहभागी हुन लागेको पहिलो कलाकारसमेत हुन्।
 
कार्कीले फेसबुकमा भनेकी छिन्, ‘विश्वमाझ नेपालको प्रतिनिधित्व गर्न कान्स फिल्म फेस्टिभल २०१९ ले हामीलाई मौका दिएर नेपाललाई सम्मान गरेको छ। यो एउटा सपना पनि थियो र अब पुरा हुँदैछ।’ 

उनी रेड कार्पेटमा सहभागी हुन आजै फ्रान्स उड्दै छिन्। सिवांगीले डिजाइन गरेको ड्रेसमा देखिने उनी प्रियंका कान्समा फिल्म फेस्टिभलमा चारवटा इभेन्टहरुमा सहभागी हुने बताएकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell