PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विवादमा नरेन्द्र मोदीको केदारनाथ यात्रा



विवादमा नरेन्द्र मोदीको केदारनाथ यात्रा

लोकसभा निर्वाचन चलिरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदी हाल उत्तराखंडको केदारनाथको यात्रामा छन्।

शुक्रवार लोकसभाको प्रचारप्रसारको अन्तिम दिन दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएर मोदी आज केदारनाथको दर्शन गर्न उत्तराखंड पुगेका हुन्।  

केदारनाथको दर्शन गरी मोदी त्यहीकै एक पवित्र गुफामा ध्यानमा बसे।

मोदी ध्यानमा बसेका तस्विर र मोदीको केदारनाथ यात्राको मिडियामा चर्चा चल्यो।

यसै विषयमा भारतमा विवाद पनि सिर्जना भएको छ। तृणमूल कांग्रेसले भारतको निर्वाचन आयोगालाई पत्र पठाउँदै 'लोकसभा निर्वाचनको अन्तिम चरणको प्रचार प्रसार गर्ने मिति शुक्रवार नै समाप्त भएको तर प्रधानमन्त्रीको केदारनाथ यात्रालाई मिडियाले अत्याधिक कभरेज दिएको छ। यो निर्वाचन आचार संहिताको ठूलो उल्लंघन हो।'

मोदीको केदारनाथ यात्रालाई विपक्षीहरुलेसमेत हिन्दु मतदाता प्रभावित पार्ने तरिका भएको भन्दै विरोध गरेका छन्।

हिन्दुत्वको अभियानसहित राजनीतिमा सक्रिय मोदी औपचारिक प्रचारप्रसारबाट टाढा भए पनि मिडियालाई आफू केन्द्रित पार्न केदारनाथ पुगेका हुन्। भारतीय मिडियाले शनिवारदेखि नै केदारनाथमा मोदीका गतिविधिलाई प्रत्यक्ष प्रसारण गरिरहेका छन्। मोदी गुफामा ध्यान बसेदेखि केदारनाथ घुमघामको प्रत्यक्ष प्रसारणलाई हिन्दु भोट बैंकलाई प्रभावित पार्न गरिएको प्रयत्नका रुपमा व्याख्या गरिएको छ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर नदिएपछि मोदीको आलोचना भएको थियो।

प्रधानमन्त्री भए यता मोदी हालसम्म कुनै पत्रकार सम्मेलनमा सहभागी भएका थिएनन्। शुक्रवार भने पहिलोपटक पत्रकार सम्मेलनमा सहभागी भए पनि मोदीले सबै उत्तर भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले दिनेछन् भनेर पन्छिएका थिए।

सामाजिक  संजालमा मोदी चुनावी आलोचनाबाट छुटकारा पाउन ध्यानमा बसेको र केदारनाथमा पुगेको भनेर टिप्पणी भइरहेको छ।

फोटो :BJP/ANI



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell