PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतमा लोकसभा निर्वाचन, अन्तिम चरणमा मोदीसहित ९१८ उम्मेदवार चुनावी मैदानमा



भारतमा लोकसभा निर्वाचन, अन्तिम चरणमा मोदीसहित ९१८ उम्मेदवार चुनावी मैदानमा
फोटो: ANI

नयाँ दिल्ली: भारतमा अन्तिम चरणको लोकसभा निर्वाचनका लागि मतदान भइरहेको छ। ८ राज्यका ५९ सिटहरुका लागि अहिले मतदान भइरहेको हो।

५९ सिटका लागि ९१८ उम्मेदवारहरु चुनावी मैदानमा रहेको छ। अन्तिम चरणको निर्वाचनमा हाई प्रोफाइल नेताहरु प्रतिस्पर्धा गर्दै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गरेका शत्रुघन सिन्हा,केन्द्रीय मन्त्रीहरु रविशंकार प्रसाद, अनुराग ठाकुरका साथै अभिनेताहरु रविकिशन, सनी देओललगायतको लोकसभा यात्राको फैसला आजको निर्वाचनबाट हुनेछ।

तमिलनाडुको वेल्लोर सिटको एक निर्वाचन क्षेत्रमा भने मतदान रद्द भएको बताइएको छ।

अप्रिल ११ बाट सुरु भएको लोकसभा निर्वाचन अन्तगर्त ६ चरणमा ४८३ सिटका लागि मतदान भइसकेको छ।

२३ मेबाट निर्वाचनका परिणाम सार्वजनिक हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell