PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

झापाबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते



पहिलोपोस्ट

झापाबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते
दुर्घटनाग्रस्त बस, तस्विरः सुमन घिमिरेको फेसबुकबाट

काठमाडौँः झापाको काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको स‌ंख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। 

ना ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाटमा दुर्घटनामा परेको हो। बस त्रिशूलीमा खसेको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन। घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्राथमिक उपचारपछि केहीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell