PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्म 'घर'को पोस्टर रिलिज, को हुन् भयानक रुपमा प्रस्तुत?



पहिलोपोस्ट

फिल्म 'घर'को पोस्टर रिलिज, को हुन् भयानक रुपमा प्रस्तुत?

गत मंसीरमा घोषणा गरिएको फिल्म 'घर'को पोस्टर रिलिज भएको छ। फिल्म युनिटले सामाजिक सञ्जालमार्फत फस्ट लुकसँगै रिलिज डेट सार्वजनिक गरेको हो।

साउन तीन गते रिलिज टार्गेट गरेको फिल्मको पोस्टरमा अभिनेत्री सुरक्षा पन्त फिचर्ड छिन्। उनलाई भयानक रुपमा प्रस्तुत गरिएको छ। यो हरर जनरमा अर्पण थापाको लेखन तथा निर्देशन रहेको छ। फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्।

निर्देशक दीपेन्द्र के खनाल फिल्ममा लगानीकर्ताको रुपमा रहेका छन्। माघबाट फ्लोरमा उत्रिएको फिल्मले पोस्ट प्रोडक्सनको काम थालेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell