PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फ्राइडे रिलिज: पर्दामा दुई सिक्वेल ‘जात्रै जात्रा’ र ‘वीर बिक्रम २'



फ्राइडे रिलिज: पर्दामा दुई सिक्वेल ‘जात्रै जात्रा’ र ‘वीर बिक्रम २'

यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म रिलिज भएका छन्। दुई हिट् फिल्म ‘जात्रा’ र ‘वीर बिक्रम’का सिक्वेलहरु एकसाथ प्रदर्शनमा आएका हुन्।

कमेडी जनराको ‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा विपिन कार्की, रविन्द्र झा, दयाहाङ राई, राजाराम पौडेल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानिया, सोहित मानन्धर, वर्षा राउत लगायत कलाकारको अभिनय छ। फिल्ममा मित्र डि गुरुङको सम्पादन, शंकर महर्जनको द्वन्द, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत छ।

त्यस्तै ‘वीर बिक्रम २' मा मित्रताको कथा समेटिएको छ। मिलन चाम्स निर्देशित फिल्मका मुख्य कलाकार पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङको मुख्य अभिनय छ। फिल्ममा अन्य कलाकार देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell