PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीको प्रतिपक्षलाई व्यङ्ग्य ‘राष्ट्रपतिले मेरो सरकारको प्रतिवेदन नपढेर अर्काको सरकारको पढ्ने’?



पहिलोपोस्ट

प्रधानमन्त्रीको प्रतिपक्षलाई व्यङ्ग्य ‘राष्ट्रपतिले मेरो सरकारको प्रतिवेदन नपढेर अर्काको सरकारको पढ्ने’?

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा राष्ट्रपतिको सम्बोधनको विषयमा बुद्धिजीवीले स्याल हुँइया चलाएको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नपाएपछि सम्बोधनको विषयलाई उचालिएको प्रधानमन्त्रीको भनाई छ। 

मदन आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षले राष्ट्रपतिको नभई गणतन्त्रात्मक प्रणालीकै विरोध गरेको आरोप लगाए। यस्ता विषय बुझेर लोकतान्त्रिक प्रणाली र परिपाटीका पक्षमा उभिन प्रधानमन्त्रीले कार्यकर्तालाई निर्देशन पनि दिए। 

सम्बोधनमा प्रधानमन्त्रीले भने ‘राष्ट्रपतिबाट नीति कार्यक्रम जुन प्रस्तुत भयो त्यसमा आलोचना गर्ने ठाउँ भेटिएन। दुनियाँमा राज्यव्यवस्थाको सर्वोच्च स्थानको व्यक्तिले मेरो सरकार नै भनेर सम्बोधन गर्छ संसद्मा। मेरो सरकारको हैन भने कसको सरकारको प्रतिवेदन पढ्ने, राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन पढ्छ। पुवाबाट आकाश जत्रो देखिन्छ त्यत्रो छ भन्नु हुँदैन। अरू संसारभरको अभ्यास हेरे हुन्छ।’ 

सरकार समुन्नत र सभ्य समाजको पक्षमा रहेको प्रधानमन्त्रीले बताए। सरकारलाई अहिले बदनाम गर्ने काम भइरहेको ओलीको भनाई छ। 
सरकारको आलोचनाको नाममा अनुशासनहीन र अराजक समाज निर्माणको प्रयास भइरहेको प्रधानमन्त्रीको भनाई छ। अराजक समाज निर्माणमा प्रतिक्रियावादी सफल नहुने उहाँको भनाई छ। 

प्रधानमन्त्री ओलीले जनवर्गीय सङ्गठनका संयोजकहरूलाई पार्टी हित अनुसार काम गर्न निर्देशन दिए। उनले भने ‘चित्त सानो पार्ने हैन मन दुखाउने हैन। फराकिलो मनका साथ एकता र एकीकरणको भावनामा अघि सरौँ। दुई वैचारिक धारलाई एक पार्टी बनाएका छौँ। एक ठाउँमा नचिनिने गरी अन्तरघुलन गर्नुपर्नेछ। यो कुरालाई विचार गरेर नेतृत्व गर्नुस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell