PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हतियारधारी भारतीय समूह र प्रहरीबीच फायरिङ, प्रहरीलाई कुट्दै भारत लैजान खोजेपछि...



पहिलोपोस्ट

हतियारधारी भारतीय समूह र प्रहरीबीच फायरिङ, प्रहरीलाई कुट्दै भारत लैजान खोजेपछि...

काठमाडौँ : भारतीय हतियारधारी समूह र प्रहरीबीच रुपन्देहीको श‌‌करापुर नाकामा बिहीवार दिउँसो गोली हानाहान भएको छ। 

हतियारसहित नेपाल छिरेका एक युवकलाई सादा पोसाकमा रहेका प्रहरी नियन्त्रणमा लिएपछि स्थिति तनावपूर्ण भएको थियो।

प्रहरीले  भारतीय झिनक धोबीलाई नियन्त्रणमा लिएको हो। हतियारसहित नेपाल आएका धोबीलाई नियन्त्रणमा लिएपछि उनी चिच्याएर कराएका थिए। त्यसपछि भारतबाट आएका २० देखि २५ जनाको समूहले प्रहरीमाथि आक्रमण गरेको प्रहरीको दावी छ।

'धोबीलाई बचाउन आएका समूहले प्रहरीमाथि लाठी, रड लगायत धरेलु हतियारले प्रहार गरेका छन्,' जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले भने। 

भारतबाट आएका समूहले तीन प्रहरीलाई कुटपिट गरेर भारत लैजान खोजेको एसपी थापाले बताए। समूहले प्रहरीमाथि आक्रमण गरेपछि फायर खोलेको प्रहरीले जनाएको छ।'

फायर नखोलेको भए हाम्रो प्रहरीलाई सीमापारी लगेर के गर्थे भन्न सक्ने अवस्था थिएन,' एसपी थापाले भने।

भारतीय हतियारधारी समूहको प्रहारबाट तीन जना प्रहरी जवान घाइते समेत भएका छन्। 

प्रहरीले धोबीको साथबाट एक थान अटोमेटिक पेस्तोल समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell