PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टीयू मैदानमा ह्विलचियर क्रिकेटको रौनक, हेर्नुस फोटोमा

टीयू मैदानमा ह्विलचियर क्रिकेटको रौनक, हेर्नुस फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ : घरेलु टोली नेपालले प्रथम ह्विलचियर एसिया कप टी २० क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ। यस हारपछि शीर्ष दुईमा पुग्दै फाइनल पुग्ने नेपालको अभियानमा धक्का लागेको छ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा बिहीवार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पारजित भएको हो। पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो।

उता भारतले भने लगातार दोस्रो जित हात पारन् क्रममा बिहीवारै पाकिस्तानलाई १७ विकेटले हरायो।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १४८ रन बनाएको थियो।

१४९ रनको लक्ष्य बंगलादेशले १८.३ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो।

प्रतियोगिताअन्तर्गत अन्तिम लिग खेलमा शुक्रवार नेपाल र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ। यी दुई खेलपछि अंकतालिकामा अगाडि रहने दुई टोली फाइनल पुग्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell