PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिचौलियाबाट जनताले दुःख पाए



पहिलोपोस्ट

जनकपुरधामः गाउँका मानिस प्रहरी कहाँ नजाने मानसिकताको फाइदा बिचौलियाले लिने गरेको देखिएको छ।

प्रदेश नम्वर २ मा बिचौलिया प्रहरी कार्यालय धाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रममा सो जानकारी दिइएको हो ।बिचौलियाका कारण दुःख परेको मानिसले न्याय पाउनमा जटिलताको समस्या व्यहोर्नु परिरहेकोतर्फ ध्यानाकर्षण गराइएको छ। प्रहरीमा पनि विभागीय नीतिको अनुसरण नगरी आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ। प्रदेश नं २ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले ब्यारेक भवनको उद्घाटन गर्दै विकृति र विसङ्गति हटाउन सबैको सहयोगको आवश्यकता भएको बताए।

प्रहरीमा जसरी पनि पैसा कमाउने सोचमा परिवर्तनको खाँचो छ भन्दै विभागीय नीति अनुसरण नगरी सेवा भावभन्दाविपरीत क्रियाकलाप गर्ने प्रहरीलाई कारवाहीसमेत गरिएको उनले बताए।

प्रहरी निरीक्षक नीरञ्जनकुमार सिंहले र चार करोड ६५ लाख १८ हजारको लागतमा सो भवन निर्माण गरिएको जनाकारी दिए। तीनतले सो भवनमा  १५० जना प्रहरी जवान र अधिकृतको आवासको व्यवस्था गरिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell