PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आदित्य पंचोलीद्वारा कंगना रनावतविरुद्ध मानहानीको मुद्दा दायर, बलात्कारको आरोपमा फसाउने खोजेको दाबी



आदित्य पंचोलीद्वारा कंगना रनावतविरुद्ध मानहानीको मुद्दा दायर, बलात्कारको आरोपमा फसाउने खोजेको दाबी
फोटो: HT

बलिउडमा कंगना रनावत आफ्नो 'बोल्ड स्टेटमेन्ट' का लागि प्रसिद्ध छिन्। उनी आफै बलिउडमा आफ्नो साथी भन्दा शत्रु धेरै भएको बताउँछिन्। बलिउड कलाकारहरुमाथि विभिन्न आरोप लगाउँछिन्।

ऋतिक रोशन,शाहिद कपुर, सलमान खान, आलिया भट्ट, रनवीर कपुर, करण जोहर लगायतका कलाकारको बारे विवादित टिप्पणी दिँदै चर्चामा आएकी कंगनाले केही समय अघि आदित्य पंचोलीविरुद्ध टिप्पणी गरिन।

कंगनाले १३ वर्षअघि पंचोलीले आफूमाथि हातपात गरेको आरोप लगाउँदै केही दिन अघि प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रहरीलाई इमेल मार्फत आफूमाथि हातपात र शोषण भएको भन्दै कंगनाले दिएको उजुरीलाई आदित्यले भने आधारहिन भन्दै कंगना विरुद्ध नै मुद्दा दायर गरेका छन्।

आदित्यले कंगनाविरुद्ध मानहानीको मुद्दा समेत दायर गरेको र त्यो मुद्दा फिर्ता नलिए आफूलाई बलात्कारको आरोपमा फसाउने धम्की कंगनाको वकिलले दिएको बताएका छन्।

वकिलले आफूलाई धम्की दिएको रेकर्डिङ प्रहरी समक्ष बुझाएको दाबी गर्दै उनले आफूलाई कंगनाले फसाउन खोजेको आरोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell