PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विवेक ओबेरायद्वारा ममता बनर्जीलाई 'सद्दाम हुसेन' सँग तुलना



विवेक ओबेरायद्वारा ममता बनर्जीलाई 'सद्दाम हुसेन' सँग तुलना
फोटो : Latestly

मंगलवार भारतको कोलकतामा लोकसभा निर्वाचन प्रचारका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको र्‍यालीमा हिंसा हुँदा धेरैजना घाइते भए। त्यसक्रममा ईश्वरचन्द विद्या सागरको मूर्तिमाथि प्रहार गरिएको थियो। प्रदर्शनकारीहरुले मूर्ति तोडेपछि त्यसले पश्चिम बंगालमा विवाद सिर्जना गर्‍यो।

अमित शाहले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले हिंसा भड्काएको आरोप लगाए। तर जब बलिउड अभिनेता विवेक ओबेरायले ममतामाथि टिप्पणी गरे, तब विवाद झनै चर्कियो।

विवेकले ममता बनर्जीले 'प्रजातन्त्र खतरामा रहेको भन्दै विपक्षीहरु मिलेर अघि बढ्नु पर्ने' बताएको समाचार ट्वीट गर्दै लेखे,' दिदी जस्तो आदरणीय व्यक्तिले सद्दाम हुसेन जस्तो व्यवहार कसरी गर्न सक्छिन। प्रजातन्त्र दिदीको अधिनायकवादले गर्दा संकट र खतरामा छ।'

 

 विवेकको उक्त ट्वीट पछि बंगालबाट मात्रै नभइ भारतभरबाट विवेकको विरोध भइरहेको छ। बनर्जीको पार्टीले विवेकलाई माफी माग्न चेतावनी दिएको छ। सत्तारुढ भाजपाका कार्यकर्ताहरुले भने विवेकको समर्थन गरिरहेका छन्।

विवेकले केही दिन अघि कमल हसनमाथि पनि टिप्पणी गर्दा विवादमा फसेका थिए।

विपक्षीहरुले लोकसभा निर्वाचनको समयमा प्रदर्शन हुन लागेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा प्रतिबन्ध लगाउन माग गरेका थिए। उक्त फिल्ममा मोदीको भूमिकामा  विवेकले अभिनय गरेका थिए। सर्वोच्च र निर्वाचन आयोगले विपक्षीहरुको मागलाई सम्बोधन गर्दै निर्वाचन नसकिएसम्म फिल्म प्रदर्शनमा रोक लगाएको थिए।त्यसयता विवेक विपक्षी विरुद्ध खुलेर बोलिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell