PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन, १७ वर्षपछि 'डच डबल' टाइटल



पहिलोपोस्ट

अयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन, १७ वर्षपछि 'डच डबल' टाइटल

युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै समिफाइनलसम्म पुगेको अयाक्सले ५ वर्षपछि नेदरल्याण्ड्सको लिग फुटबलको उपाधि जितेको छ।

डच लिग एरेडिभिजअन्तर्गत गएराती भएको सिजनको अन्तिम खेलमा डे ग्राफचापलाई ४-१ ले पराजित गर्दै अयाक्स २०१४ यता पहिलो पटक लिग च्याम्पियन बनेको हो।

आयाक्सको जितमा डुसान टाडिकले दुई गोल गरे भने लासे स्काने र निकोलस ट्याग्लियाफिकोले १-१ गोल गरे। पराजित टोलीका युसेफले एक गोल गरे।

दोस्रो स्थानमा रहेको पिएसभी आइन्डहोभनले पनि हेराकल्सलाई पराजित गरेपनि अयाक्सलाई भेटाउन सकेन। डच लिगमा ३४ खेलबाट अयाक्सले ८६ अंक जोड्दै ट्रफी जित्दा पिएसभीले समान खेलबाट ८३ अंक जोड्यो।

अयाक्सले डच लिगको उपाधि जितेको समग्रमा भने यो ३४औँ पटक हो। यस्तै पीएसभीले २४ पटक उपाधि जितेको हो।

यस्तै अयाक्सले १७ वर्षपछि डच डबल उपाधि समेत हात पारेको छ। अयाक्सले यसअघि केएनभिपी लिगको समेत उपाधि जितेको थियो।

अयाक्सले सन् २००१-०२ को सिजनमा डच डबल जितेको थियो।

यस सिजन क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेको माथिएस डे लिट स्पानिस क्लब बार्सिलोना जाने लगभग पक्का भइसकेकको छ। त्यसअघि नै अर्कँ खेलाडी फ्रेन्की डे जोङले बार्सिलोनासँग सम्झौता गरिसकेका छन्।

युवा खेलाडीहरुको उत्कृष्ट प्रदर्शनमा अयाक्सले यस सिजन युरोपको प्रतिष्ठित क्लब फुटबल च्याम्पियन्स लिगमा रियल मड्रिड र युभेन्ट्स जस्ता हस्ती हरुलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। तर सेमिफाइनल दोस्रो लेगमा २-० को अग्रता लिएपनि टोटनहमसँग ३-२ ले पारजित भएपछि समग्रमा अवे गोलमा पछि पर्दै फाइनल पुग्न असफल भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell