PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गगन थापाको आरोप, 'प्रधानमन्त्रीलाई संघीयताप्रति रुचि छैन'



पहिलोपोस्ट

गगन थापाको आरोप, 'प्रधानमन्त्रीलाई संघीयताप्रति रुचि छैन'

सुर्खेतः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको बताएका छन्। थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको संज्ञा समेत दिएका छन्।

सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए।

‘नेपालको इतिहासमा यो सर्वाधिक बलियो सरकार हो’ उनले भने, ‘प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हो। हामीसँग पटक-पटक छलफलमा भन्नु भएको छ नेपालमा संघीयता चल्दैन यो मलाई हुँदै हुँदैन भनेर।'

थापाले चित्रबहादुर केसीलाई नेपालमा संघीयता चल्दैन भन्ने हक भएको तर प्रधानमन्त्रीलाई त्यो हक नभएको बताए।

थापाले स्थानीय सरकारलाई अधिकारविहीन बनाइएको पनि जिकिर गरे। केन्द्र सरकारसँग प्रदेशका मुख्यमन्त्री लाचार बनेको थापाको टिप्पणी छ।  

थापाले प्रधानमन्त्रीले संसदमा आफूहरूलाई हेपेको पनि आरोप लगाए। नेकपाको एकता चुनाव जित्नका लागि मात्रै भएको थापाको टिप्पणी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell