PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप : स्प्रीन्टमा नेपाल पाँचौ



पहिलोपोस्ट

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप : स्प्रीन्टमा नेपाल पाँचौ

काठमाडौं : अष्ट्रेलियामा भइरहेको १८औं वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप अतर्गत स्प्रीन्ट विधामा नेपाल पाँचौ भएको छ।

च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रीन्समा पुरुष खुलातर्फ नेपालको टिमले पाँचौ स्थान हात पारेको हो। यस विधामा ब्राजिलले पहिलो हुँदा जापान दोस्रो र रुस तेस्रो भएको छ।

क्वीन्सल्यान्डस्थित टुली नदीमा निर्धारित दुरी नेपाली टोलीले २४७.७८ सेकेन्डम समयमा पूरा गर्‍यो। विश्व र्‍याफ्टिङको स्प्रीन्टमा नेपालको यो अहिले सम्मकै उत्कृष्ट नतिजा हो ।

सुरज गुरुङको कप्तानीमा प्रतिस्पर्धा गरेको नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell