PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्यारेबियन प्रिमियर लिगको ड्राफ्ट लिस्टमा सन्दीपसहित चार नेपाली खेलाडी



पहिलोपोस्ट

क्यारेबियन प्रिमियर लिगको ड्राफ्ट लिस्टमा सन्दीपसहित चार नेपाली खेलाडी
दीपेन्द्र, सन्दीप, रोहित

काठमाडौं : क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट को ड्राफ्ट लिस्टमा नेपालबाट सन्दीप लामिछानेहसित चार खेलाडी परेका छन्।

सन्दीपले गत सिजन नै सेन्ट किट्स एण्ड नेभिस प्याट्रिसबाट सीपीएलमा डेब्यु गरेका थिए। सन्दीप बाहेक राष्ट्रिय टिमका अन्य तीन खेलाडी सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल भने पहिलो पटक सीपीएलको ड्राफ्ट लिस्टमा परेका हुन्।

सीपीएलको लागि बुधवार सार्वजनिक सूचीमा कूल ५३६ खेलाडी ड्राफ्ट लिस्टमा छन्। जहाँ विश्वका विभिन्न देशको खेलाडी समावेश छ। यस्तै नेपालबाट चार खेलाडीले आफ्नो नाम दर्ता गरेका हुन्।

सीपीएल अगष्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेष्टइन्डियमा आयोजना हुनेछ।

त्यसका लागी सहभागि टिमले यही मे २२ मा ड्राफ्ट मार्फत खेलाडी चयन गर्नेछन् र टिम निर्माण गर्नेछन्।

ड्राफ्ट लिस्टमा सिपिएल ड्राफ्टमा नेपालसंगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, बर्मुडा, क्यानडा, इंग्ल्याण्ड, हङकङ, भारत, आयरल्याण्ड, केन्या, न्युजिल्याण्ड, ओमान, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, युएई, अमेरिका, जिम्बाबे र वेस्ट इन्डिजका खेलाडी छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell