PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घुस बराबरकै बैंक ग्यारेन्टी बुझाए अख्तियारका पूर्व आयुक्त पाठकले



पहिलोपोस्ट

घुस बराबरकै बैंक ग्यारेन्टी बुझाए अख्तियारका पूर्व आयुक्त पाठकले

काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजको घुस काण्डमा फसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाएका छन्। अदालतको आदेश अनुसार बंगलादेश  बैकको ग्यारेन्टीमा ७८ लाख रुपैयाँ बुझाएका हुन्। उनले बैंक ग्यारेन्टी बुझाएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए। सञ्चार माध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार आफैले उनीमाथि अनुसन्धान थालेको थियो। अख्तियारले अनुसन्धान थालेपछि पाठक फरार भएका थिए। अनुसन्धानपछि आयोगले गत चैत १२ गते पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पाठक फरार भएपछि वैशाख २५ मा उनको म्याद तामेलीमा थियो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु द्वारिकामान जोशी तथा प्रमोदकुमार श्रेष्ठको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

पहिलो चरणको बयान सकिएपछि विशेषमा थुनछेक बहश भएको थियो। 

पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने अझै फरार नै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell