PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फाइल नदिएको भन्दै डिल्लीबजार मालपोत कार्यालयका प्रमुखलाई ५ हजार जरिवाना



पहिलोपोस्ट

फाइल नदिएको भन्दै डिल्लीबजार मालपोत कार्यालयका प्रमुखलाई ५ हजार जरिवाना

काठमाडौं : उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुखलाई जरिवाना तिर्न आदेश दिएको छ। बुधवार अदालतका न्यायाधीशहरु टेकनारायण कुँबर र मोहम्मद हुसेनको सयुक्त इजलासले कार्यालय प्रमुख विश्व मरासिनीलाई जरिवानको आदेश सुनाएको हो।

अदालतले पटकपटक आवश्यक फाइल माग्दा पनि नझिकाएको भन्‍दै मरासिनीविरुद्ध ५ हजारको जरिवाना सुनाएको छ। अदालतले आवश्यक कागज झिकाउनका लागि ५ पटक पत्र लेखेको जानकारी दिएको छ। अदालतले मोलपोत कार्यालयलाई गत जेठ ६ गते, असार ६ गते, अशोज १९ गते, माघ ३ गते र चैतमा पत्र काटेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell