PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एएफसी कप : मनाङ मर्स्याङ्दी र मिनर्वा पञ्जावको खेल बराबरीमा टुंगियो



पहिलोपोस्ट

एएफसी कप : मनाङ  मर्स्याङ्दी र मिनर्वा पञ्जावको खेल बराबरीमा टुंगियो
फोटो : एएफसी

काठमाडौं : मनाङ मर्स्याङ्दी र भारतको मिनर्वा पञ्जावबीच आज भएको एएफसी कप अन्तर्गत खेल बराबरीमा टुंगिएको छ। मिनर्वाका लागि ३९ औं मिनेटमा तोइवा सिंहले गोल गरेर अग्रता दिलाएका थिए। खेलको ८१ औं मिनेटमा मनाङ मर्स्याङ्दीका शाहिद अजिजले गोल फर्काउँदै प्रतियोगितालाई बराबरीमा पुर्‍याए। त्यसपछि दुवै पक्षले गोल गर्न सकेनन् र खेल बराबरीमा टुंगियो।

मिनर्वाका प्रतीक जोशी पहिलो हाफको इन्जुरी टाइममा रेड कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। दोस्रो हाफमा १० खेलाडीमा सीमित भएर खेलेको मिनर्वाले आफ्नो अग्रता कायम राख्न सकेन।

यो मनाङको दोस्रो बराबरी खेल हो। आजको खेल पनि बराबरीमै टुंग्याएकाले मनाङ मर्स्याङ्दीको खातामा ४ खेलबाट दुई अंक हासिल भएको छ।

पञ्जावको भने यो लगातार चौथो बराबरी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell