PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चलचित्र पत्रकारिता दिवसको अवसरमा 'चलचित्र पत्रकारिता' सम्मान तथा पुरस्कार



पहिलोपोस्ट

चलचित्र पत्रकारिता दिवसको अवसरमा 'चलचित्र पत्रकारिता' सम्मान तथा पुरस्कार

काठमाडौं: चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७६ घोषणा भएको छ। बुधवार चलचित्र पत्रकार संघको कार्यसमिती बैठकले राष्ट्रिय सम्मान तथा पुरस्कार सम्बन्धी निर्णय गरेको हो।

यसवर्ष चलचित्र पत्रकारितामा लामो समयदेखि क्रियाशिल दुई पत्रकारलाई 'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान' प्रदान गर्ने भएको हो। इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गर्ने बताइएको छ।

त्यस्तै रातोपाटी डटकममा कार्यरत् कुवेर गिरी र एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिनेछ। पुरस्कृत दुबैले २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्राप्त गर्नेछन्।

यो वर्षको चलचित्र पत्रकारिता प्रोत्सहान पुरस्कार भने मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई दिइने भएको छ। प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ।

चलचित्र पत्रकार संघ नेपालले जेठ ०७ गते चलचित्र पत्रकारिता दिवस र संघको २०औँ स्थापना दिवसको अवसर पारेर सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell