PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपालका पूर्व प्रशिक्षक श्याम थापाको रिकमेन्डमा भारतले पायो नयाँ प्रशिक्षक, यस्ता छन् क्रोएसियाका पूर्व प्रशिक्षकको विशेषता



पहिलोपोस्ट

नेपालका पूर्व प्रशिक्षक श्याम थापाको रिकमेन्डमा भारतले पायो नयाँ प्रशिक्षक, यस्ता छन् क्रोएसियाका पूर्व प्रशिक्षकको विशेषता

काठमाडौँ : भारतीय राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा पूर्व क्रोएसियन प्रशिक्षक इगोर स्टिमाच नियुक्त भएका छन्। अल इन्डिया फुटबल फेडेरेसन (एआइएफए) को एक्जुकेटिभ कमिटिले इगोरलाई भारतको नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।

यसअघि प्रशिक्षक रहेका स्टेफन कन्सटसाइटनले एसिया कपमा भारतलाई छनोट गराउन नसकेको भन्दै राजिनामा दिएपछि भारतको प्रशिक्षक पद खाली थियो।

यसबीचमा भारतको प्रशिक्षक बन्नेको लागि नाम चलेका प्रशिक्षकको नाम अगाडि आएको थियो।

तर नेपालको राष्ट्रिय टिममा प्रशिक्षक रहिसकेका श्याम थापा प्रमुख रहेको टेक्निकल कमिटिको रिकमेन्टमा एआइएफएफले क्रोएसियन इगोरलाई प्रशिक्षक चयन गरेको हो।

एआइएफएका अध्यक्ष प्रफुल पटेलले इगोर भारतको लागि सहि क्यान्डिडेट भएका बताएका छन्। इगोर ब्लु टाइगर्सका लागि राइट क्यान्डिडेट हुन्। म उनलाई बोर्डमा स्वागत गर्न चाहन्छु। फुटबल ट्रान्सिसनमा गइरहेको छ र इगोरको अनुभवले हामीलाई उच्च तहमा पुर्‍याउन गाइड गर्नेछ।

यस्तै एआइएफएपका महासिचव कुशल दासले इगोरको अन्डरमा भारतीय फुटबलले फाइदा लिन सक्ने बताए।

इगोरलाई प्रशिक्षककमा चयन गर्न भूमिका खेल्ने नेपालका पूर्व प्रशिक्षक तथा भारतीय राष्ट्रिय टिमका पूर्व खेलाडी श्याम थापाले इगोरको सिफारिस सर्वसम्मत रहेको बताए। टेक्निकल कमिटिको सबै मेम्मरसहित एआइएफएपका टेक्निकल डिरेक्सर आइज्याक डोरु पनि इगोररबाट ज्यादै प्रभावित छन्। र प्रशिक्षकको लागि इगोर नै सबैलाई चित्त बुझेको छ। थापाले भनेका छन्।

उनी वर्ल्ड कप हुन्। उनले कोचको रुपमा क्रोएसियालाई वर्ल्डकपमा पुर्‍याए। यो भन्दा बेटर कन्टेन्डर अरु को हुन सक्ला? थापाले भने। र उनले भारतीय फुटबलमा रिसरच गरेर हामीलाई प्रभावित समेत पारेका छन्।

इगोरको पहिलो कामको रुपमा थाइल्याण्डमा हुने किंग्स कप रहेको छ। जहाँ भारतले पहिलो खेल जुन ५ मा कुराकाओसँग खेल्नेछ।

५१ वर्षीय इगोरले क्रोएसियन राष्ट्रिय टिमसहित विभिन्न क्लब फुटबलको प्रशिक्षण सम्हालिसकेका छन्।

प्रशिक्षकको रुपमा उनको मुख्य सफलता भनेको सन् २०१४ मा ब्राजलिमा भएको विश्वकपकोलागि क्रोएसियालाई छनोट गराउनु हो।

उनले आफू प्रशिक्षक भएको बला चर्चित खेलाडी माटेओ कोभासिस, एन्टे रविक, एलेन हालिलोभिच र इभान पेरिसिक जस्ता खेलाडीलाई राष्ट्रिय टिममा डेब्यु गराएका थिए।

यस्तै डारिइ श्रना, ड्यानिएल सुबासिस, इभान स्ट्रिनिक, कोभासिस, पेरिसिक लगालत खेलाडीलाई डेभलप गर्नको लागि उनले महत्वपूर्ण भूमिका खेलेका छन्।

प्रशिक्षकको रुपमा इगोरले पछिल्लो पटक कतारी क्लब अल-शाहानिया हेरेका थिए।

यस्तै खेलाडीको रुपमा उनले क्रोएसियाको लागि सन् १९९८ को विश्वकप खेलेका थिए। जसमा क्रोएसिया तेस्रो भएको थियो। यस्तै सन् १९९६ मा इंग्ल्याण्डमा भएको युरोमा क्रोएसिया क्वाटरफाइनल पुग्दा त्यसको सदस्य थिए।

यसबाहेक सन् १९८७ मा युगोस्लाभियाले फिफा यू-२० वर्ल्ड कपको उपाधि जित्दा इगोर युगोस्लाभिया यू-९ टिमका सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell