PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डब्लुसिएल टी २० क्रिकेटको ड्राफ्ट सम्पन्न : कुन टिमले कुन खेलाडी लिए?



पहिलोपोस्ट

डब्लुसिएल टी २० क्रिकेटको ड्राफ्ट सम्पन्न : कुन टिमले कुन खेलाडी लिए?

काठमाडौँ : क्वीनन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा आगामी असोजकमा काठमाडौंमा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी २० क्रिकेटको ड्राफ्ट मंगलवार सम्पन्न भएको छ।

सहभागि ५ टिमले ड्राफ्टबाट ११-११ खेलाडी आफ्नो टिममा राखेका छन्। ड्राफ्टमा कूल १०७ खेलाडीले नाम दर्ता गराएपनि ड्राफ्टबाट कूल ५५ खेलाडी मात्र सहभागि टिममा पर्न सफल भए।

ड्राफ्टमा डायमण्ड, सफाएज र रुबिज गरि तीन श्रेणीमा खेलाडीलाई विभाजन गरिएको थियो। जसअनुसार डायमण्ड श्रेणीमा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू रहेका थिए। उनहीहरुको मूल्य ७५ हजार थियो। यस्तै रुबीजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडी थिए। उनीहरुको मूल्य ५० हजार थियो भने सफायजमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी थिए र उनीहरुको मूल्य २५ हजार थियो।

पहिलो पटक नेपाली क्रिकेटमा ड्राफ्टबाट खेलाडीहरु सहभागि टिमले लिएको हो। सबै टिमका प्रशिक्षकले ड्राफ्ट पहिलो पटक भएकोले फरक अनुभव भएको र सोचे अनुसार नै टिम तयार पार्न सफल भएको प्रतिक्रिया दिए।

डब्लुसिएल असोज ३ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ।

 

कून टिममा कुन खेलाडी?

 

क्याट क्विन्स काठमाडौं

अप्सरी बेगम डाइमण्ड क्याटागोरी ७५ हजार

रोमा थापा डाइमण्ड ७५ हजार

सुमन विष्ट, सफाया २५ हजार

रश्मी शर्मा चौलागाई रुवीज ५० हजार

संगिता राई रुवीज ५० हजार

सरस्वती चौधरी रुवीज ५० हजार

नितू भण्डारी सफायाज २५ हजार

ममता थापा रुवीज ५० हजार

इश्वरी विष्ट सफाया ५० हजार

लक्ष्मी साउद सफायाज २५ हजार

मनीशा राना सफायाज २५ हजार

उसले कुल ४ लाख ७५ हजार रुपैयाँ खर्च गर्यो ।


ललितपुर फाल्कोन

ममता चौधरी डायमण्ड ७५ हजार

करुणा भण्डारी डाइमण्ड ७५ हजार

कविता जोशी सफाया २५ हजार

सरीता मगर रुवीज ५० हजार

कृती सेन सफायाज २५ हजार

रोशनी बोहोरा रुवीज ५० हजार

सिमा थापा, सफायाज २५ हजार

गीता गोसाई सफायाज २५ हजार

सान्तीकुमारी चौधरी सफायाज २५ हजार

संझना सफायाज २५ हजार

अलीशा केसी सफायाज २५ हजार


पोखरा पल्टन

कविता कुवँर डायमण्ड ७५ हजार

अञ्जली चन्द रुवीज ५० हजार

रुवी पोदार सफायाज २५ हजार

विन्दु रावल डायमण्ड ७५ हजार

अनुराधा चौधरी रुवीज ५० हजार

रेवती धामी सफायाज २५ हजार

मञ्जुकुमारी बोगटी सफायाज २५ हजार

राजमती ऐरी सफायज २५ हजार

सरस्वती घर्ति सफायाज २५ हजार

नवीना खड्का सफायाज २५ हजार

निशा भाट सफायाज २५ हजार


विराटनगर टाइटन्स

ज्वती पाण्डे डायमण्ड ७५ हजार

सोनु खड्का डायमण्ड ७५ हजार

डली भट्ट रुवी क्याटागोरी ५० हजार

लक्ष्मी चौधरी रुवीज क्याटागोरी ५० हजार

आरती विडारी डायमण्ड ७५ हजार

सवनम राई रुवीज ५० हजार

कृतिका मरासैनी सफायाज २५ हजार

अस्मिना कर्माचार्य सफायाज २५ हजार

सर्मिला रोक्का मगर सफायाज २५ हजार

प्रतिक्षा बस्याल, रुवीज ५० हजार

कृष्मा गुरुङ सफायाज २५ हजार


 

चितवन राइनोज

काजल श्रेष्ठ डायमण्ड ७५ हजार

रीतु कनोजिया डायमण्ड ७५ हजार

सुमन खतिवडा सफायाज २५ हजार

रेखा रावल रुवीज क्याटागोरी ५० हजार

सरस्वती पुन सफायाज २५ हजार

अस्मिता खरेल सफायाज २५ हजार

प्यारी चौधरी, सफायाज २५ हजार

कञ्चन श्रेष्ठ सफायाज २५ हजार

सन्तोषी चौधरी रुवीज ५० हजार

सञ्जु लामा सफायाज २५ हजार

सावित्रा जिसी सफाजाज २५ हजार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell