PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ह्विलचियर एसिया कप टी २० क्रिकेट भोलीबाट, भारत-पाकिस्तानको 'हाइ भोल्टेज' म्याच टीयू मैदानमा हुने



पहिलोपोस्ट

ह्विलचियर एसिया कप टी २० क्रिकेट भोलीबाट, भारत-पाकिस्तानको 'हाइ भोल्टेज' म्याच टीयू मैदानमा हुने

काठमाडौँ : पहिलो ह्विलचियर एसिया कप टी २० क्रिकेट टुर्नामेन्ट २०१९ भोलीदेखि नेपालमा आयोजना हुँदैछ।

चार राष्ट्रको सहभागिता रहने यस क्रिकेट पहिलो पटक आयोजना हुन लागेको हो। र प्रतियोगिता कीर्तिपुरस्थित टी यू इन्टरनेशनल क्रिकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगिता जेठ १ देखि ४ गतेसम्म सञ्चालन हुनेछ।

टी २० फर्म्याटमा हुने यस प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेशसहित चार राष्ट्रको सहभागिता रहनेछ।

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा जम्मा ७ खेल हुनेछ। त्यसमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन्।

गत मार्चमा इन्टरनेशनल काउन्सिल फर ह्विलचियर क्रिकेटको बैठक नेपालमा बसेको थियो। उक्त बैठकले एसिया कप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो।

प्रतियोगिता सञ्चालनको लागि करिब १ करोडको बजेट लाग्ने भएपनि सरकार लगायत सम्बन्धित निकायबाट खासै सहयोग नभएको ह्विलचियर क्रिकेट संघ नेपालका छुल्ठिम ग्याल्जेन शेर्पाले बताए।

राष्ट्रिय खेलकुद परिषद्ले कीर्तिपुरको मैदान उपलब्ध गराएपनि बाँकी खर्चहरु आफै गर्नुपर्ने उनले बताए।

ट्रफी सार्वजनिक, पहिलो खेल नेपाल भर्सेस पाकिस्तान

यस प्रतियोगिताको उपाधि विजेताले पाउने ट्रफी मंगलवार सार्वजनिक गरिएको छ। चारवटै देशका कप्तानले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे।

प्रतियोगितामा पहिलो दिन दुई खेल हुनेछ। पहिलो खेलमा नेपालले भारतसाग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल पाकिस्तान र बंगलादेशबीच हुनेछ।

यस्तै पहिलो पटक नेपालमा हुन लागेको ह्विलचियर एसिया कपबाट काउन्सिलका पदाधिकारीहरु सबै उत्सहित बनेका छन्।

काउन्सिलका अध्यक्ष मोहम्मद जिसानले अब भारत र पाकिस्तानबीच टीयू मैदानमा हाई भोल्टेज क्रिकेट हुने बताए।

'यसअघि २०१६ मा भारतमा यस प्रतियोगिता आयोजना गर्ने पहल गरेपनि सफल हुन सकेन। अब भारत पाकिस्ताबीचको हाइ भोल्टेज खेल नेपालमा हुनेछ।'

ह्विलचियर क्रिकेट नर्मल क्रिकेट भन्दा केहि फरक हुन्छ। नर्मल क्रिकेटमा पिच २२ यार्डको हुन्छ भने यसमा १८ यार्ड हुन्छ। यस्तै बाउन्ड्री ५० यार्डको हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell